संस्कार बदल्नुपर्छ सरकार बदलेर केहि पनि हुदैन : उपप्रमुख थापा
छेडागाड नगरपालिका निवर्तमान बाल सञ्जालका अध्यक्ष हेमराज उपाध्यय दाहालले समग्र बालबालिकाको अवस्था र छेडागाड नगरपालिको बारेमा नगरपालिका उपप्रमुख चन्द्र बहादु थापा अपिलसंग गरेको कुराकानी हामीले प्रकाशन गरेका छौँ । हेमराजले नगरपालिका र बालबालिकाको बारेमा कुराकानी गरेका छन् । हेरौँ जस्ताको तस्तै कुरकानी :
नमस्कार उपप्रमुख ज्यु
म हेमराज उपाध्यय दाहाल जाजरकोट जिल्ला छेडागान नगरपालिका निवर्तमान बाल संजाल अध्यक्ष ।आज हामी नेपाल युथ टमिट र NUT Austrelia को आयोजनामा नेतृत्व बिकास लिडरसिप प्रतियोगिता २०८२ अन्तर्गतको कार्यक्रममा छौं ।
जसमा नेपाल भारत चीन पाकिस्तान र अस्ट्रेलियाको कार्यक्रम छ जसमा नेपालको नेतृत्व गरि १५ जना हुनुहुन्छ । र म भने नेपालको १५ जना मध्य १ नम्बर बक्ताको रुपमा छु । पन्चदेशिय सुचीमा ११३५ जना हुनुहुन्छ यी नै सबै नेताहरुको माझमा प्रतिस्पर्धा गर्दैछु । यसै अन्तर्गत अन्तिम राउन्ड अन्तर्वार्ताको क्रममा पहिलो अन्तर्वार्ता छेडागाड नगर उपप्रमुख चन्द्रबहादुर थापा संग हुने भयो ।
हजुर स्वागत छ।
धन्यवाद ।
मैले अन्तर्राष्ट्रिय स्तरमा भाग लिइ छेडागाड नगरपालिकाको मात्र नभई देशकै प्रतिनिधित्व गरे भने यसलाई हजुरले कसरी लिनु भएको छ्?
सर्वप्रथम हजुरलाइ हाम्रो नगरपालिका र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु । पालिकाको तर्फबाट जहाँ जे पर्छ त्यहीँ सपोट गर्न तयार रहेको छु । मेरो अपेक्षा के छ भने एक दुर्गम छेडागाड नगरपालिका र प्रदेशलाई मात्रै नभई एक देशलाई नै बिश्वसामु चिनाउन सफल हुनुहुनेछ भन्ने अपेक्षा छ।
सबै बालबालिका लाई गुणस्तरीय शिक्षा दिन पालिकाको मुख्य योजना के के छ्न ?
नेपालको शिक्षा प्रणाली सङ्ग राजनीतिस्तर चुनौतीपूर्ण छ कर्णाली प्रदेशको सबै भन्दा बढि ८८ बटा सामुदायिक विद्यालय भएको र ५ वटा संस्थागत बिद्यालय भएको पालिका हो । यस पालिकामा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि पालिकाको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई सबैभन्दा बढी लगानी गरेका छौं । जस्तै छात्र छात्रा मैत्री बालमैत्री किशोर किशोरीमैत्री अपांग मैत्री पुर्वाधार निर्माण गर्ने हाम्रो क्रम जारी छ । शिक्षक हरुको क्षमता अभिवृधी तालिम विद्यालयमा नियमित अनुगमन निरीक्षण शिक्षक विद्यार्थीहरुको नियमिततालाइ अगाडि बढाएका छौं । स्थानीय पाठ्यक्रम निर्माण गरेका छौं । र धेरै संघ संस्था सङ्ग सहकार्य समन्वय गरेका छौं ।
गरिब तथा बिपन्न बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन के कस्ता कार्यक्रम र योजना ल्याउनु भएको छ ?
समावेशी संजाल पालिकामा गठन गरिएको छ निशुल्क तथा अनिवार्य शिक्षाको पनि घोषण पनि एक बर्ष अगाडि नै भइसकेको छ । यस कार्यक्रम भित्र गरिब तथा बिपन्न बालबालिकालाई छात्रवृत्तिको व्यवस्था गरिएको छ अनाहत टुहुरा र बिपन्न वर्गका बालबालिकाहरुका लागि छेडागाड नगरपालिका ले बाल अधिकार् समितिको कोष निर्माण गरेको छ ।
बाल अक्षय कोष बाल हित कोष जस्ता कोषबाट शिक्षाको उज्यालो ज्योति बाट टाढा भएका बालबालिका लाई शिक्षाको पहुँचमा ल्याउन थुप्रै पहल गरिएको छ । १३ वटा वार्ड्मा बल कोष छ। पाँच तारा युवा संरक्षण मन्च save the children ले टुहुरा अनाथ बालबालिकाका लागि कापी कलम एवम् आवश्यक सामाग्री सहयोग गरेको छ । घरमै विद्यार्थी school at home १० वटा छ्न जो चाहिँ अपांग भएका बालबालिकाका लागि हो ।
किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कत्तिको प्रभावकारी छ ?
SRHR नीति नै तर्जुमा गरिएको छ। यौन तथा प्रजनन कार्य भन्ने परियोजना पनि कार्यान्वयन छ।सर्वप्रथम नीति आवश्यक छ २१ वटा कार्य बालबालिका सम्बन्धि नीति तर्जुमा गरिएको छ । यौन तथा प्रजनन स्वास्थ्य सेवा HRSR कार्यक्रम छ । पहिलो छेडागाडको अभ्यास बिद्यालयमा नर्सको व्यवस्था छ ।माबी मा मात्र १५ वटा माबीमा नर्सहरु छ्न।
मानसिक स्वास्थमा पालिकाको निति निर्माणमा योजना तथा कार्यक्रम कस्ता कस्ता छन ?
असबैभन्दा बढी ज्वलन्त समस्याको रुपमा छ यसको लागि CMC नेपाल र पालिको साझेदारीमा सामाजिक परामर्श कर्ता भनेर पालिकाले नियुक्ति गरेको छ।अबको योजना विद्यालयमा मानसिक स्वास्थ्य सम्बन्धि फोकल टिचर नियुक्ति गर्ने निर्णय छ ।
कस्तो छ बालबालिकाको आवाज नीति निर्माणमा कसरी हुनुहुन्छ बालबालिकाको आवाज ?
स्पष्ट छ । गत बर्षको जेठ २४ गते बाल भेला भइ हेमराज दाहालको अध्यक्षतामा २१ सदस्य गठन भइ आफ्ना माग राखेका थिए । सर्वप्रथम त बालबालिकाको आवाज नै नगरपालिकाको आवाज हो भन्ने ध्यय राखिएको छ । जसमा केही योजनाहरु सफल पनि भए र केही केहि योजनाहरु राजनीतिक प्रतिशोधले गर्दा रोखिएका पनि छन । र फेरि पनि यहीँ बैशाख २४ गते हशिला खत्रीको नेतृत्वमा बालभेला भइ केहि योजनाहरु पालिकालाइ ध्यानाकर्षण गरिएका छ्न । मेरो भनाइ के छ भने निति निर्माणमा मात्र सिमित नभइ कार्यान्वयन पनि गर्नुपर्छ भन्ने छ । र आगामी दिनमा मेरो तर्फबाट कार्यान्वयनमा गर्ने प्रतिबद्धता गर्दछु ।
कर्मचारीले जनप्रतिनिधि चलाउने कि जनप्रतिनिधिले पालिका र कर्मचारी चलाउने ?
पालिकाको कुनैकुनै कर्मचारी पनि दक्ष छैनन् । यदि कर्मचारी र जनप्रतिनिधि दुबै इमानदार बन्नुपर्छ पालिका बन्छ। कर्मचारी आफ्नो काम र कर्तव्यमा जिम्मेवार नभएको जनताको पनि गुनासो छ र यो हो पनि । म दोस्रो रोलमा भएपनि आफुले गर्न सक्ने काममा जनता लाई निराश बनाउने छैन । यसमा प्रतिबद्धता समेत गर्दछु ।
बाल संजाल जस्ता संरचनालाइ सशक्त बनाउ पालिकाको समर्थन के छ ?
अ सबै कुरा माथी आइसकेका छन तरपनि बालबालिकाको आवाज संरक्षण गर्न बाल संरचना बनाउनु पर्छ। त्यसैले सर्वप्रथम संन्जाल सशक्त बनाउनु पर्छ । बिकासको मुल आधार बालबालिका हुन । भन्ने कुरा योजनामा मात्रै नभइ इमानदारीतामा पनि राख्नुपर्छ ।
बद्ल्ने सरकार कि संस्कार ?
संस्कार बदल्नुपर्छ सरकार बदले केही पनि हुदैन । आज हजुरले जुन स्थान हासिल गर्नुभएको छ यो पनि नगरकै प्रतिफलको रुपमा लिएका छौं । यस क्षेत्रबाट अगाडि बढ्नुहोला मेरो शुभकामना छ ।
यहाँको अमुल्य समयको लागि धेरै धेरै धन्यवाद
धन्यवाद