युवासंघको १०औँ महाधिवेशन : जाजरकोटका राजन थापाको महासचिवमा दाबी
पोखरा । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनमा जाजरकोटका राजन थापा महासचिवका बलिया उम्मेदवार रहेका छन् । सानै उमेरदेखि युवासंघका राजनितिमा होमिएका थापा बुटवल महाधिबेशनबाट देशकै कान्छा केन्द्रिय सदस्यका रुपमा निर्वाचित भएका थिए । युवा संघको संगठानीक जिवनमा थापा चर्चाका पात्र हुन ।
युवा संघ जाजरकोट जिल्लाको उपाध्यक्षको जिम्मेवारीबाट संगठनमा प्रवेश गरेका थापा २०६९ सालमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन हुँदै राष्ट्रिय तहमा स्थापित भएका थिए। त्यस यता युवा संघको सचिवालय सदस्य, कोषाध्यक्ष, सचिव हुँदै हाल उपमहासचिवको जिम्मेवारी सम्हालिरहेका छन्।
थापाले विभिन्न जिम्मेवारीमा रहँदा देखाएको बैचारिक परिपक्वता, संगठनप्रतिको निष्ठा, र नेतृत्व क्षमताले उनलाई संगठनभित्र विश्वासिलो र प्रभावशाली व्यक्तित्वको रूपमा स्थापित गराएको छ। विशेषतः संगठनमा उनले खेलेको खरो भूमिकाले उनको क्षमताको प्रमाण प्रस्तुत गरिसकेको छ र राष्ट्रिय युवा संघ नेपालको कुनै पनि कमिटीमा बस्न लाई ४० बर्ष नकटेको हुनुपर्ने बिधानत व्यवस्था छ यद्यपि राजन थापा उम्मेरले पनि ३५ बर्ष मात्र पुगेका छन साथै थापाले औपचारिक रुपमा घोषणा नगरे पनि थापा महासचिव पदका लागि संगठनभित्र आफ्नो बलियो दाबेदारी पेश गरेका छन् ।
युवा संघका एक नेताका अनुसार महासचिवमा थापा नै बलिया उम्मेदवार हुन् । उनका अनुसार उप महासचिव थापा र अधिकांश सचिवको आंकाक्षा छ । तर उपसचिव राजन थापा संगठनको लागि बलियो उम्मेदवार रहेको बताए । उनले भने राजन थापा युवा संघको ब्राण्ड हो निर्वाचनै भएपनि ढुक्कसंग जितिन्छ । त्यस्तै महासचिवमा सचिव निरोज पौडेल,,खेम शर्मा, पर्वत भण्डारी, विनय शाह, कुबेर अधिकारी र महेश चौलागाईंमध्येबाट महासचिव बन्ने सम्भावना देखिन्छ ।
संघको नेतृत्वका लागि ५ जनाले आंकाक्षा जनाएका छन् । हालका अध्यक्ष क्षितिज थेबेसहित उपाध्यक्ष महाराज गुरुङ, कृष्णहरि केसी, प्रकाश गौतम र महासचिव सुमन पुरीले आंकाक्षा व्यक्त गरेका छन् । यीमध्ये क्षितिज, महाराज र सुमनबाट एक जना अध्यक्ष बन्ने युवा संघका नेताहरू बताउँछन् । अहिलेका अध्यक्ष क्षितिजले विभिन्न कार्यक्रममा पुनः नदोहोरिने बताए पनि पार्टी पङ्क्ति उनलाई दोहोर्याउने पक्षमा देखिन्छन् ।
एमालेको नीतिअनुसार युवा संघको पदाधिकारी १७ बाट ९ मा झर्नेछ । यस्तै ४० वर्षको दहम्याद पनि हुनेछ । महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १ सय ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । उमेरका कारण धेरै नेताहरू यसपटक नै मौका पाउनेपर्ने अडानमा छन् ।