स्थानीय जनप्रतिनिधीको मिलिमत्तोमा एकल महिलाको सम्पत्ति हडप्ने चलखेल
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका २ नम्बर वडाका अध्यक्ष दुत्तबहादुर थिङ र ४ का वडाअध्यक्ष रवि रानामगरले आफ्नो शक्ति र अधिकारको दुरुपयोग गर्दै एकल महिलामाथि अन्याय गरेको आरोप लागेको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पीडित अन्जु केसीले आफूलाई न्यायको लागि सघाउनुको सट्टा, अदालतदेखि स्थानीय प्रतिनिधीहरूसम्मको मिलेमत्तोमा थप पीडा दिएको गुनासो गरिन्
अन्जु केसी, जो चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडबेला की एकल महिला हुन्,ले आरोप लगाइन् कि आफ्नो नाममा रहेका जमिनसम्बन्धी विवादको समाधानका लागि न्यायको अपेक्षामा उनी बारम्बार पीडित भएकी छन्। उनले भन्नुभयो, “मैले रौतहट जिल्ला अदालतबाट न्याय पाउँदा पनि, अदालतका कर्मचारी र स्थानीय जनप्रतिनिधिहरूको मिलेमत्तोमा त्यो न्याय कार्यान्वयन गर्न दिइएन।”
अन्जु केसीले भने, “मैले १३ वर्षको वैवाहिक जीवनमा श्रीमान गुमाएँ, १८ वर्षको जेठो छोरो गुमाएँ, र अहिले मेरो जीवन र मेरो कान्छो छोरा दुवै संकटमा छन्।” उनलाई ज्यानको खतरा महसुस भइरहेको र आफ्ना अधिकारका लागि न्यायको गुहार लगाइरहेकी छन्।
पत्रकार सम्मेलनमा माओवादी युवा नेता सोनाम घिसिङ र चन्द्र बहादुर तामाङ (बसन्त)ले पीडित महिलाको पक्षमा उभिएर, स्थानीय प्रशासन र सरकारी कर्मचारीहरूको भ्रष्टाचारले नागरिकका अधिकारको रक्षा नगरेको बताएका छन्।
४ वर्षअघि अन्जु केसीसँग क्यान्टिन सञ्चालन गर्नका लागि ८ लाख रुपैयाँ लिएका श्यामसुन्दर काफ्लेका परिवारले व्यवसाय नगरी रकम फिर्ता नगरेपछि अदालतको आदेशमा १२ लाख भुक्तानी र लिलामको आदेश दिइएको थियो। तर, अदालतका कर्मचारी र जनप्रतिनिधिहरूको मिलेमत्तोमा तोकिएको जग्गा लिलाम नगरी अर्को जग्गा लिलाम गरिएको थियो।
अन्जु केसीका अनुसार, उनले ६० लाख ऋणको भार पनि उठाउनुपरेको छ, जसले उनीलाई अझै ठूलो संकटमा पारेको छ। साथै, चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा पनि अदालतका कर्मचारी र वडा अध्यक्ष दुत्त बहादुर थिङको मिलेमत्तोमा उनको नाममा आएका आधा करोडको जग्गा भोगचलन गर्न दिइएको छैन।
यो घटनाले सन्देश दिन्छ कि राज्यका सम्पूर्ण अंगहरूले नागरिकका अधिकारको रक्षा गर्नुपर्छ। एकल महिलाको सम्पत्ति हडप्ने यस्तो भ्रष्टाचार र षड्यन्त्रका खिलाफ कानूनी कदम चाल्न अत्यन्त आवश्यक छ।