सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण एकतामा आउने

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ अबको तिन बर्षमा एकतामा आउने तयारीमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलिले बताउनु भएको छ । ” दुबै महासंघको उध्देस्य एक रहेको र एक भएर जादा व्यवसायीको समस्या सम्बोधन हुने बिश्वास छ ।” हामी प्रर्णाली तयार गदैछौ साना व्यवसायीको समस्या समाधान हुनेछ छिटै राहात संचालन गर्ने र व्यवसायीहरुलाई समस्या पर्दा राहात कोष मार्फत कार्य गर्न यसरी काम गर्दा व्यवसायीलाई राहात पगने अपेक्षा रहेको बताउनु भएको हो ।

गोष्ठीमा जिल्ला-नगरका प्रतिनिधी एवं वस्तुगत र एशोसिएट्स सदस्यहरु सहभागी रहेको थियोे ।

कार्यशाला गोष्ठीको अवसरमा महासंघहरुले ब्यवसायी एवं कालिगढ तथा उद्यमीहरुको हकहितका लागि हालसम्म गरेका कार्य तथा तीनको समिक्षा एवं आगामी दिनमा चाल्नु पर्ने कदम लगायतका बिषयमा छलफल गरी सुझाव संकलन गरिएको जनाएका छन् । मधेस प्रदेशमा संकलन भएका सुझावलाई समेटेर राष्ट्रिय कार्यशालामा पेशगरी त्यसैका आधारमा अगाडि बढ्ने योजना रहेको अध्यक्ष रसाइलीले बताउनु भएको छ ।

नेपालभरका करिव २५ हजार सुनचाँदी व्यवसायी र सो सरह संख्याका कालिगढहरूको प्रतिनिधित्व गर्ने तीन प्रतिष्ठित संस्था– नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, र नेपाल हस्तकला महासंघ – गैर–नाफामूलक व्यवसायीको हकहितको संरक्षण र प्रवद्र्धनमा अहोरात रहेका छन ।

सुनचाँदी व्यवसाय नेपालको मौलिक, सांस्कृतिक, सामाजिक र धार्मिक सम्पदासँग गहिरो सम्बन्ध राख्ने पेशा हो । झण्डै ३ लाख व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा रोजगारी दिने यस क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ३.४५%, राष्ट्रिय रोजगारीमा २.९५% र राजस्वमा ०.३५% योगदान पुर्याएको महासंघको कार्यपत्रमा जनाएको छ ।

नेपालभरको व्यवसायीहरूको साझा आवाजको रूपमा हामी सशक्त, सँगै मिलेर, र दीर्घकालीन रणनीतिमा आधारित क्रियाकलापहरूमार्फत कार्य गरिरहेका छौं। यही सम्बन्धमा व्यवसायको विकास, नीति सुधार, र भविष्य रणनीति निर्माण गर्नका लागि संयुक्त कार्यशाला गोष्ठीको आयोजना गरिएको बताएको छ । विगत दशकमा सुनचाँदी व्यवसायले पुर्याएको आर्थिक योगदानको समीक्षा सफल व्यवसायीहरूको अनुभव आदानप्रदान । व्यवसायको वर्तमान अवस्था र भविष्य सम्भावनाहरूको पहिचान, आयात÷निर्यात सम्बन्धी कानुनी चुनौतीहरूको विश्लेषण । कर, लेखा प्रणाली, खरिद विल सम्बन्धी स्पष्ट अवधारणा निर्माण व्यवसाय–मैत्री कानुनी सुधारको पहल, ई–व्यवसाय र अनलाइन विक्री वितरणको सम्भावना डिजिटल भुक्तानी, लेखा प्रणाली, र डिजाइन प्रविधिको प्रयोग नयाँ सोच र डिजिटल प्रविधिप्रति जागरुकता लगाएत व्यवसायको उपलब्धि समीक्षा गरेको छ ।

सुन वितरण र कोटा व्यवस्थापनमा पहल, नेपाल राष्ट्र बैंकबाट २०६८ मा जारी कार्यविधिप्रति असहमति तीनवटै महासंघ मार्फत कोटा वितरणको माग महासंघहरूद्वारा संयुक्त रूपमा गरिएका प्रमुख पहलहरू रहेका छन । साथै ऐन तथा कानून निर्माणको लागि पहलहरू बहुमूल्य गहना नियमन सम्बन्धी ऐन निर्माणको निरन्तर प्रयास , २०७० सालदेखि विभिन्न चरणमा गोष्ठी, ज्ञापनपत्र, र विरोध कार्यक्रमहरू सरकारको लिखित प्रतिवद्धता भएपनि योजनाको अभाव रहेको बताइएको छ ।
एक दिने कार्यशाला नेपालको सुनचाँदी व्यवसायको निरन्तर सुधार र संस्थागत विकासका लागि महत्वपूर्ण अवसर रहेको र व्यवसायीहरूलाई कानुनी, प्राबिधिक र अन्तर्राष्ट्रिय व्यापारसँग संयुक्त रूपमा अघि वढ्न आवश्यक छ ।

यस संयुक्त कार्यशालाबाट निम्र उपलब्धिहरूको अपेक्षा गरिएको छ । आगामी रणनीति र कार्यदिशाअन्तर्गत नेपालका गहना व्यवसायीहरू आज विविध समस्याबाट गुज्रिरहेका छन्। नयाँ–नयाँ चुनौतीहरूको सामना गर्न व्यवसायीहरूबीचको एकता अत्यावश्यक रहेको साझा हित र समस्याका विषयहरूलाई एउटै आवाजमा उठाउनु सफलता प्राप्त गर्ने प्रभावकारी उपाय हो। यसका लागि महासंघहरूले दीर्घकालीन, स्पष्ट र साझा रणनीति पालन गर्नुपर्छ ।

सुनको आयात तथा विक्री वितरणमा व्यवसायमैत्री प्रणाली लागू गरी सबै व्यवसायीले न्यायसंगत तरिकाले समान पहुँच पाउने अवस्था बनाइनुपर्छ। पुरानो सुनको पुनःप्रयोग, रिफाइन, परम्परागत गहना को सुन खरिद लगायतका विषयमा कानुनी स्पष्टता , आयकर दरलाई सरल र व्यवहारिक बनाइन पर्ने । हाल प्रचलनमा रहेका कानुनहरू व्यवसायमैत्री ढंगले संशोधन गरिनुपर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, र नेपाल हस्तकला महासंघले माग समेत गरेको छ ।