प्रेस सेन्टर कुशे गाउँ कमिटी गठन, अध्यक्षमा दत्त
प्रकासित मिति : २०८२ बैशाख २७, शनिबार १९:०२
प्रकासित समय : १९:०२
खलंगा , जाजरकोट नेकपा ( माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल कुशे गाउँपालिकाको अध्यक्षमा दत्त बिक चयन भएका छन् । कुशे गाउँपालिका समितिको प्रथम अधिवेशनबाट दत्त बिकको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको हो ।
नवनिर्वाचित समितिको अध्यक्षमा दत्त विक उपाध्यक्षमा लोकेश विक्रम शाही, सचिवमा डिल्ली वि.क चयन भएका छन् । ७ जना सदस्यहरु रहेका छन् । अधिवेशनमा करिब ३५ जना बढिको सहभागीता रहेको थियो ।