खेलकुद महासंघ जाजरकोटको अध्यक्षमा धिरेन्द्र सिंह

जाजरकोट, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल खेलकुद महासंघ जाजरकोटको अध्यक्षमा धिरेन्द्र सिंह सर्वसम्मत चयन भएका छन् । शुक्रबार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न प्रथम जिल्ला सम्मेलनले सिंहलाइ अखिल नेपाल खेलकुद महासंघ जाजरकोटको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

सम्मेलनले सिंहको अध्यक्षतामा २९ सदस्य जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको अखिल नेपाल खेलकुद महासंघ, जाजरकोट ईन्चार्ज विवश विक्रम शाहले जानकारी दिए । शाहले दिएको जानकारी अनुसार सम्मेलनले उपाध्यक्षमा भिम सेर्पाली, सचिवमा प्रेम बस्नेत, सह–सचिवमा रमेशराज चौलागाइलाइ सर्वसम्मत चयन गरेको छ भने, कोषाध्यक्ष पदमा अशोक सिंहलाइ सर्वसम्मत चयन गरेको छ । जिल्ला कार्यसमितिको सदस्यहरुमा एलिशा केसी, निरुता सिंह, धन बहादुर बस्नेत, सुनिता केसी, मिनिका नेपाली, अञ्जु नेपाली, राजकुमारी नेपाली, हेमन्त थापा, विशाल रावल, सन्तोष सिंह, रमेश नेपाली, प्रकाश पुन, हरिचन्द्र बस्नेत, राज कुमार परियार, सन्दिप वुढा मगर, दिपक राना, चन्द्र परियार, डिल्ली पुन, हेमराज बादी, केशवराज शाही, भिम बहादुर बस्नेत, रञ्जना वुढामगर, चेतना बुढा, डिएन विश्वकर्मा रहेको इन्चार्ज शाहले बताए ।

हिजो व्यवस्था परिवर्तको नेतृत्व गरेको माओवादी पार्टीले आज जनताको अबस्था परिवर्तनको नेतृत्व पनि माओवादी पार्टीलेनै गर्नुपर्ने वेला आएको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पुर्वमन्त्री शक्ति बहादुर बस्नेतले भनाइ राखेका थिए । सम्मेलनको प्रमुख अतिथि समेत रहेका बस्नेतले व्यवस्था परिवर्तन पश्चात नेपालले खेल क्षेत्रमा गुणात्मक रुपमा विकास गरेको बताए ।

खेलकुद, कलाकार, पत्रकार जस्ता विदागत संगठनहरुको विदागत विज्ञताले स्वरोजगार बन्न सकिने बताउदै उपमहासचिव बस्नेतले अखिल नेपाल खेलकुद महासंघको साँगठनिक संरचनालाइ बलियो बनाउनुको साथै विदागत क्षमतालाइ माथि उठाउन पार्टीले नयाँ नीति तथा कार्यक्रमलाइ अघि सारेको भनाइ राखेका थिए ।