माओबादीको मध्यपहाडी लोकमार्ग अभियान : यस्ता छन् कार्यक्रम

तराई–मधेसको हुलाकी राजमार्गकेन्द्रित अभियानमा करिब एक करोड मानिस भेटेको दाबी गरेको माओवादीले मध्यपहाडी लोकमार्गकेन्द्रित यात्रा पनि गर्दैछ। जेठ २ गतेदेखि अभियान सुरु गर्ने भनेको माओवादीले डेलधुराबाट यात्रा थाल्नेछ।

माओवादी केन्द्रका  अनुसार जेठ १ गते बेलुका डडेलधुरामा भेला भएर जेठ २ गतेदेखि बैतडीको पाटन र डोटीको दिपायलबाट अभियानको थालनी हुनेछ। त्यहाँ जनसभा र जनसंवाद हुनेछन्। सुरुका १० दिनसम्मको मात्रै कार्यक्रम सार्वजनिक गरेको माओवादीले पोखरामा पुगेर जनसभा गर्नेछ। त्यसपछि बाँकी क्षेत्रको कार्यक्रम सार्वजनिक गरिनेछ।

यस्तो छ माओवादी अभियानको समय तालिकाः

२०८२ जेठ १ गते बेलुका डडेलधुरा
२०८२ जेठ २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसंवाद
२०८२ जेठ ३ गते, अछाम मंगलसेनमा जनसंवाद

२०८२ जेठ ४ गते, दैलेख सदरमुकाममा जनसभा
२०८२ जेठ ५ गते, जाजरकोट खलंगमामा जनसंवाद
२०८२ जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद
२०८२ जेठ ७ गते, पूर्वीरुकुमको रुकुमकोटमा जनसंवाद र रोल्पाको थबाङमा जनसभा
२०८२ जेठ ८ गते बागलुङमा जनसंवाद
२०८२ जेठ ९ गते पर्वत कुस्मामा जनसंवाद
२०८२ जेठ १० गते कास्की (पोखरा)मा जनसभा