वाइसिएल रुकुमपश्चिमको अध्यक्षमा एलबि कटुवाल
प्रकासित मिति : २०८२ बैशाख २६, शुक्रबार १३:५१
प्रकासित समय : १३:५१
मुसिकोट, रुकुमपश्चिम नेकपा माओवादी केन्द्रको भातृसंगठन वाइसिएल नेपाल रुकुमपश्चिमको अध्यक्षमा एलबी कटुवाल सर्वसम्वत चयन भएका छन् । बिहीबार सम्पन्न वाइसिएल नेपाल रुकुमपश्चिमको पाँचौ जिल्ला सम्मेलनबाट एलबी कटुवाल सर्वसम्मत चयन भएका हुन ।
५५ समिति सदस्यीय रहेको जिल्ला समितिको उपाध्यक्षमा रमेश गिरी, शेरु बिक, शिवा परियार सचिवमा सन्देश बिक सह सचिवमा गणेश कुमार चन्द, अजय चदारा, नितु खड्का र रमेश आग्री रहेका छन । त्यस्तै कोषाध्यक्षमा सन्तोष बिक रहेको वाइसयिल रुकुुमपश्चिमले जनाएको छ ।
कार्यक्रममा वाइसियलका केन्द्रिय तथा प्रदेश, जिल्ला स्तरका नेताहरुको उपस्थीति रहेको थियो ।