वाइसिएल सुर्खेतको अध्यक्षमा डिल्ली भट्टराई
विरेन्द्रनगर, सुर्खेत नेकपा माओवादी केन्द्रको भातृसंगठन वाइसिएल नेपाल सुर्खेतको अध्यक्षमा डिल्ली भट्टराई सर्वसम्वत चयन भएका छन् । सोमबार सम्पन्न वाइसिएल नेपाल सुर्खेतको पाँचौ जिल्ला सम्मेलनबाट भट्टराई सर्वसम्मत चयन भएका हुन ।
७१ समिति सदस्यीय रहेको जिल्ला समितिको उपाध्यक्षमा गोमा आफ्रे, महेन्द्र हमाल, साजन शर्मा सचिवमा बिजय बिक सह सचिवमा बिरेन्द्र बिसी, लोकेश केसी, चन्द्रकान्त राना भुपेन्द्र शाही, याम बहादुर पुलामी र कोषाध्यक्षमा खगेन्द्र परियार केपी रहेको वाइसयिल नेपाल केन्द्रिय निर्वाचन अयोगका तिलक पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनमा वाइसियल नेपालका केन्द्रिय तथा जिल्ला स्तरका नेताहरुको बाक्लो उपस्थीति रहेको थियो ।
कार्यक्रममा वाइसियल केन्द्रिय उपाध्यक्ष गोगन बहादुर मल्ल युनाइटेड, केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज गणेश शाही बिद्रोही प्रदेश इन्चार्ज शोभाराम भण्डारी जिल्ला इन्चार्ज धन बहादुर वली बिकास लगायतका केन्द्रिय नेताहरुको उपस्थीति रहेको थियो ।