यसकारण अध्यक्ष प्रचण्ड बैशाख २९ गते सुर्खेत आउने
प्रकासित मिति : २०८२ बैशाख २४, बुधबार ०७:३९
प्रकासित समय : ०७:३९
सुर्खेत, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैशाख २९ गते सुर्खेत आउने भएका छन् । उनी मा ओवादी निकट युवा संगठन वाइसीएल नेपालको कर्णाली प्रदेशस्तरीय सम्मेलन उद्घाटन गर्न आउने भएका हुन् ।
बैशाख २९ र ३० गते सुर्खेतमा आयोजना हुन गइरहेको वाइसीएल नेपालको प्रदेश सम्मेलनको प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको कर्णाली प्रदेशका संयोजक शोभाराम भण्डारीले बताए ।