रहेनन् पुराना वामपन्थी नेता प्रदीप नेपाल
प्रकासित मिति : २०८२ बैशाख २३, मंगलवार २१:४२
प्रकासित समय : २१:४२
काठमाडौं, पुराना वामपन्थी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । उनको ७१ वर्षको उमेरमा मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो।
उनी पार्किन्सन रोगबाट पीडित थिए।
लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका पूर्वमन्त्री नेपाल रोगले च्यापेपछि भने राजनीतिबाट बाहिरै थिए। उनलाई केही दिन अघि अस्पताल भर्ना गरिएको र उपचारका लागि मंगलबार निधन भएको चिकित्सकहरूले जानकारी दिएका छन्।