सरकार र शिक्षकबीच सहमति, मन्त्रिपरिषद्ले अनुमोदन गर्ने

काठमाडौँ , सरकार र शिक्षक महासंघबीच सहमति भएको छ। शिक्षा मन्त्रालयमा बुधवार भएको वार्ता सहमतिमा टुंगिएको हो। उक्त सहमति जारी मन्त्रिपरिषदको बैठकपछि सार्वजनिक गरिने वार्तामा सहभागी एक नेताले बताए।

नेपाल शिक्षक महासंघसँग शिक्षा मन्त्रालयमा वार्तामा रहेका शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बाहिरिएका छन् । उनले सहमति हुने गरी वार्ता चलिरहेको बताए । शिक्षकका केही माग मन्त्रिपरिषद्बाट निर्णय गराउन पूरा गराउने र त्यसपछि पुनः वार्तालाई निरन्तरता दिँदै सहमति हुने जनाइएको छ ।

शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी हुने विश्वासिलो आधार खोजी गरेकाले वार्तामा सतारुढ दलका सचेतकहरु प्रतिबद्धताको लागि उपस्थिति भएको जनाइएको छ । केही मागहरु मन्त्रिपरिषद्को निर्णयबाट पूरा हुने, ऐन आउने सुनिश्चिता हुने भएपछि शिक्षकहरुले २९ दिनदेखि जारी आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने जनाएका छन् । ऐन जारी नभएसम्म सांकेतिक आन्दोलन गर्दै कक्षा १२ को परीक्षा र पठनपाठनमा सहभागी हुने शिक्षक महासंघको भनाइ छ ।