माओवादी केन्द्र जाजरकोटले दियो अगुवा कार्यकर्तालाई प्रशिक्षक प्रशिक्षण

खलंगा, नेकपा (माओवादी केन्द्र) जाजरकोटले अगुवा कार्यकर्तालाई तिनदिने प्रशिक्षक प्रशिक्षण दिएको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा तिनदिने प्रशिक्षक प्रशिक्षण दिएको  हो । १३ गते सुरु भएको कार्यक्रम सोमबार नलगाड नगरपालिको दल्लीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पार्टीको विशुद्ध विचारधारा, दर्शन, सिद्धान्तका बारेमा प्रशिक्षण दिइएको नेकपा माओवादी केन्द्र जाजरकोटका संयोजक टेक बहादुर रावलले बताए । रावलका अनुसार अरु बेला देशको समसामयिक घटनाका बारेमा छलफल गरिने भएता पनि तीनदिने पार्टीको स्कुलमा भने पार्टीको दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, संगठन लगायतका बारेमा पार्टीका जिल्लास्तर नेताहरुलाई केन्द्रीय र प्रदेश तहका नेताहरुबाट प्रशिक्षण दिएको थियो ।

सो कार्यक्रममा केन्द्र तथा प्रदेशस्तरका नेताहरु केन्द्रिय स्कुल बिभाग सचिव रामदिप आचार्य प्रदेश स्कुल बिभाग इन्चार्ज बसन्तप्रसाद शर्मा पार्टी प्रदेश सचिव धनजित शाही, केन्द्रिय निर्वाचन आयोग सदस्य धर्मबहादुर केसी जाजरकोटका पार्टी इन्चार्ज गणेशप्रसाद सिंह केन्द्रिय सल्लाहकार मानबहादुर रावल र आइसिटी फोरम कर्णाली इन्चार्ज  भौतिक मल्लले प्रशिक्षण दिएका थिए ।

प्रदेश स्तरमा पार्टीको स्कुल कार्यक्रम संचालन भइरहेको प्रदेश स्कुल बिभाग इन्चार्ज बसन्तप्रसाद शर्माले बताए ।शर्माले कर्णाली प्रदेशको स्कूल कार्यक्रम रुकुमपश्चिमबाट सुरु भई कालिकोट, दैलेख, जाजरकोट लगायतका जिल्लामा कार्यक्रम सम्पन्न भैसको बताए ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक टेक बहादुर रावलको अध्यक्षता तथा पार्टीका केन्द्रीय स्कुल बिभाग सचिव रामदिप आचार्य प्रमुख आतिथ्यतामा तिन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । तिन दिने प्रशिक्षण कार्यक्रमले नेता तथा कार्यकर्ताहरुमा उत्साह र्सिजना गरेको बताइएको छ ।