अमेरिकामा मध्यपश्चिम समाज मेरिल्याण्ड गठन, अध्यक्षमा चन्द
काठमाडौं, मध्यपश्चिम समाज मेरिल्याण्ड अमेरिकाको नया कार्यसमिति चयन भएको छ । नेपाली मूलका नागरिकहरूको साझा संस्था मध्यपश्चिम समाज मेरिल्याण्ड गठन भएको हो ।

1504,1000,0,0.45,-1
समाजको नयाँ कार्यसमितिको अध्यक्षमा कृष्ण चन्दलाई चयन गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सुरेश कुमाल चयन भएका छन् । भने महासचिवमा लोकेन्द्र वली चयन भएका छन् ।

1504,1000,0,0.45,-1
कार्यसमितिको उपाध्यक्षमा राजन देवकोटा, सचिव खेमराज थापा, कोषाध्यक्षको जिम्मेवारी तिला खत्री रहेका छन् ।
त्यस्तै सदस्यहरूमा रमेश क्षेत्री,योगेन्द्र खत्री, शोभा वली, भविसरा सावद, हिक्मत बसेल, र बसन्त गिरी तथा केशव देवकोटा लगायतको सक्रिय सहभागिता रहेको छ ।
संस्थाका सल्लाहकारहरूमा संयोजकमा राजन सुनार सदस्यहरूमा बासुदेव पोखरेल, उत्तम गौली, हिक्मतबिक, राज बोहरा, प्रशाराम देबकोटा,शंकर ओली, कन्हैया सिंह परियार, श्याम गुरूङ, बाबुराम भट्टराई,दिपेश रावत, नेत्र अधिकारी,लक्ष्मीराम शाह र शोभा गौतम रहेका छन् ।
साथै संस्थाले २०२५/२०२७ को लागि चयन गर्दै सामाजिक, सांस्कृतिक र समुन्नत भविष्यतर्फ उन्मुख हुने प्रतिबद्धता जनाएको छ।
पूर्व सांसद एवं कृषि अभियंता ऋषिकेश तिवारी तथा स्टार स्कलर्स नेटवर्कका प्रेसिडेंट प्रा. डा. उत्तम गौलीको उपस्थितिमा नवनियुक्त पधाआधिकारीलाई सफथ गरेेको बरिस्ठ उपाध्यक्ष शुरेस कुमालले जानकारी दिए ।
कुमालका अनुसार नव निर्वाचित चन्दले आफ्नो भनाइमा संस्थाको नेतृत्व पाउँदा अत्यन्त खुशी र गर्व महसुस भएको बताए । अध्यक्ष चन्दले सामाजिक, सांस्कृतिक, शैक्षिक र सेवा–आधारित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर समुदायको हितमा काम गर्ने अठोट व्यक्त गरे ।
बरिष्ठ उपाध्यक्षमा सुरेश कुमालले आफ्नो भनाइ राख्दै भने“समुदायप्रतिको माया, निष्ठा र सक्रियताका साथ काम गर्नेछु। मेरो कर्तव्य संस्था र सदस्यबीच एकदमै असल खालको बिर्सनै नसकिने भूमिका निर्वाह गर्नु हो, जसले हामीलाई अझ नजिक ल्याउँछ।”
महासचिवमा लोकेन्द्र वलीले भने, “सुनियोजित कार्यशैली र समर्पित भावनाले संस्था अझ व्यवस्थित र सक्षम बन्नेछ। सञ्चार, अभिलेख र कार्यक्रम व्यवस्थापनलाई प्रभावकारी बनाउनु मेरो प्राथमिकता हुनेछ।”
करिब १३ जना रहेको कार्यसमितिले सम्पूर्ण नेपाली समुदायलाई एकता र सहकार्यमा जोड दिने जाइएको छ ।