लालटिन मुनिको सपना !

पूर्वी नेपालको सानो गाउँ – भीरको डिलमा उभिएको एउटा थोरै टिन छाएको झुपडी। त्यसमा गंगा, उनका आमा र बाबु बस्थे । बाबु खेत जोत्नुहुन्थ्यो, आमा गाउँले घरमा भाँडा माझ्थिन्। दिनभर घाम र पसीनामा बित्थ्यो जीवन, तर बेलुकी घर आइपुगेपछि एउटै कुरा सधैं दोहोरिन्थ्यो —
“छोरी, तिमी केही बन्नुपर्छ। हामीले धेरै गुमायौं, तिमीले गुमाउनु हुँदैन।”

गंगाको लागि घरको सबैभन्दा ठूलो सम्पत्ति थियो – एउटा पुरानो लालटिन । त्यही लालटिनको उज्यालोमा उसले अक्षर चिनेकी थिई, पहिलो कक्षा पढेकी थिई, अनि सारा सपना बुनेकी थिई।

गंगा सधैं अनुशासित थिई। बिहान हिँडेर खुट्टामा सिँचाइको पानी लतपतिएको बाटो हुँदै स्कुल जान्थी। ऊसँग राम्रा किताब थिएनन्, नयाँ ड्रेस थिएन। कतिपल्ट भोकै स्कुल गएको पनि हुन्थ्यी। तर अनुहारमा कहिल्यै गुनासो देखिन्न। उसले पढ्दा पढ्दै सधैं आँखा चिम्लेर भन्थी –
“म डाक्टर बन्ने हो। गाउँमा सबै बिरामी हजुरबा जस्तै उपचार नपाएर नमरून् भनेर।”

एक दिन कक्षा ८ मा स्कुलमा निबन्ध प्रतियोगिता भयो –निबन्धको शीर्षक थियो “मेरो सपना”।
गंगाले सरल भाषामा मनबाट लेखी –

“जब मेरो हजुरबुबा विरामी हुनुहुन्थ्यो, अस्पतालसम्म पुग्न पैसाको जोहो थिएन। मैले उनको पीडा देखेँ। म डाक्टर बन्न चाहन्छु, ताकि मेरा हजुरबुबा-जस्ता अरु हजुरबुबाहरू उपचार बिना मृत्यु नहोस्।”

त्यो कुरा सुनेर शिक्षक रोए। त्यो निबन्ध जिल्ला कार्यालय पुग्यो, अनि काठमाडौंसम्म। केही महिना बितेपछि एउटा बिद्यार्थी सहायता संस्थाले गंगालाई स्कुलदेखि मेडिकल कलेजसम्मको सम्पूर्ण पढाइको जिम्मा लियो।

काठमाडौं आइपुगेपछि पहिलो पटक गंगाले उज्यालो बत्ती, ठूलो स्कुल, अनि अंग्रेजी पढाउने शिक्षक देखिन्।
तर सबै कुरा सजिलो थिएन –
उनी गाउँबाट आएकी, अंग्रेजी कमजोर, साथीहरूसँग मेल मिलाउन गाह्रो। सुरुका दिन ऊ कति रात रूइ।
तर एउटा चिज गुमेन – सपना।

राति पढ्दा पढ्दै गंगा बेलाबेला लालटिन सम्झिन्थी –
“म उज्यालोमा पढ्न पाएकी छु, अब म कमजोर हुन मिल्दैन।”

वर्षौंको संघर्षपछि अन्ततः त्यो दिन आयो। गंगा सेतो कोटमा डाक्टर बनिन्। आँखा रसाएका थिए, अनि हृदय गर्वले भरिएको।

गंगाको पहिलो काम – गाउँ फर्कनु। र गाउँको परिवर्तन गर्नु।

गंगाको गाउँ अझै पहिले जस्तै थियो । झुपडी उस्तै थियो, तर मानिसहरूमा उत्साह थिएन – कारण, उपचारको अभाव। धेरैले अझैसम्म टाढा जानुपर्थ्यो सामान्य औषधिको लागि पनि।

तर त्यो दिन – डाक्टर गंगा गाउँ आइन्।
सँगै ल्याइन् एउटा सानो स्वास्थ्य केन्द्र खोल्ने योजना, केही उपकरण, औषधि, र केही स्वयंसेवक साथीहरू।

गाउँभरि खबर फैलियो —
“हाम्रो गंगा अब डाक्टर भएर फर्किएकी छ!”

स्वास्थ्य चौकी उद्घाटनको दिन
गंगाले बाबुआमालाई अगाडि राखिन्। स्वास्थ्य केन्द्रको साइनबोर्ड लेखिएको थियो –
“डाक्टर गंगा स्वास्थ्य सेवा केन्द्र – लालटिनमुनिको सपना”

बाबा रूदै भन्नुभयो –
“छोरी, यो केन्द्र त एक अस्पताल मात्रै होइन, यो त तेरो हिम्मतको स्मारक हो।”

गंगा आँखाभरि आँसु पिएर भन्छिन् –
“यो केवल मेरो सपना होइन, यो हाम्रो गाउँको आशा हो।”

यो अन्त्य होइन, सुरु हो ।
गंगाको कथा यत्तिमा सकिंदैन।
उ अझै गाउँगाउँ पुग्छिन्, स्वास्थ्यको सचेतना फैलाउँछिन्, चेलीहरूको पढाइमा जोड दिन्छिन्।

र हरेक दिन राती सुत्नुअघि झ्यालबाट बाहिर हेर्छिन् –
लालटिन नदेखिए पनि, त्यो उज्यालो आज सारा गाउँमा फैलिएको हुन्छ।

“कहिल्यै नअस्ताउने लालटिन बनेकी थिइन् – डाक्टर गंगा।”