वीरगंज घटनाप्रति मुस्लिम मुक्तिमोर्चा बाँकेको ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

नेपालगन्ज । वीरगंजमा भएको साम्प्रदायिक घटनाप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट मुस्लिम मुक्तिमोर्चा बाँकेले दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

मोर्चाका अध्यक्ष इमरान खानको नेतृत्वमा एक प्रतिनिधिमण्डलले आइतवार बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारबाही गर्न आग्रह गरेको हो। प्रतिनिधिमण्डलमा केन्द्रिय सदस्य कस्मिरा खातुन, वाइसीएल नेपालका केन्द्रीय सदस्य तथा बाँके इञ्चार्ज किस्मत अली ‘शेष’, नेपालगन्ज उपमहानगरपालिका–३ का अध्यक्ष आय्युब सिद्दिकीलगायत सहभागी थिए।

ज्ञापनपत्रमा सामाजिक सद्भाव विथोल्ने, धार्मिक द्वेष फैलाउने र साम्प्रदायिक तनाव सिर्जना गर्ने तत्वहरू सक्रिय रहेको उल्लेख गर्दै, घटनामा संलग्नलाई संगठित अपराधको रूपमा लिएर कानुनअनुसार कडा कारबाही गर्न गृह मन्त्रालयसमक्ष माग गरिएको छ।

मुस्लिम मुक्तिमोर्चाले आपसी सम्मान, सहिष्णुता र मेलमिलाप नेपाली समाजको आधारभूत चरित्र भएको उल्लेख गर्दै, राज्य संयन्त्रलाई सतर्क रहन र दोषीहरूलाई संरक्षण नगर्न आग्रह गरेको छ।

यस्तो छ ध्यानाकर्षण पत्र :