गुल्मीको मुसिकोट मावि शिक्षक अभिभावक संघले शिक्षक आन्दोलनमा ऐक्यवद्धता

गुल्मी । गुल्मीको मुसिकोट माध्यमिक विद्यालय शिक्षक अभिभावक संघले २०८१ चैत २० गतेदेखि जारी शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ। संघका अध्यक्ष श्री सुमेन्द्र बहादुर सिंह ठकुरीले जारी गरेको विज्ञप्तिमा सरकारले देखाएको उदासीनता र वेवास्ताले सार्वजनिक शिक्षा प्रणालीलाई गम्भीर संकटमा पुर्याएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, “यो केवल शिक्षकको आन्दोलन होइन, यो शिक्षा र न्यायको पक्षमा उठेको जनगर्जन हो।” शिक्षकहरूको माग केवल आफ्ना हकका लागि मात्र नभएर, देशको भविष्य र बालबालिकाको रक्षाका लागि गरिएको स्पष्ट पारिएको छ। संघले शिक्षा, न्याय र लोकतन्त्रको रक्षा गर्न शिक्षकहरूको आवाजलाई दबाउन प्रयास गरिएको भन्दै, यो कार्यलाई “शिक्षा र लोकतन्त्रप्रति हमला” भएको उल्लेख गरेको छ।

संघले सरकारलाई कडा चेतावनी दिँदै भन्यो, “शिक्षकका मागहरू यथाशीघ्र सम्बोधन गर, अन्यथा जनआन्दोलनको आँधी कसैले रोक्न सक्दैन।” सरकारलाई आन्दोलनको दमन नगरी, समाधानको बाटो रोज्न अपिल गर्दै संघले भनेको छ कि, “समाधान खोज्नुपर्छ, आन्दोलनको दमन होइन।”

शिक्षक अभिभावक संघ र सम्पूर्ण स्थानीय समुदायले यो ऐतिहासिक आन्दोलनसँग पूर्ण ऐक्यवद्धता प्रकट गरेका छन्, र शिक्षाका लागि संघर्षलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन्।

यस्तो छ सुचना :