नयाँ वर्षको अवसरमा स्टाइल सुजले ल्यायो विशेष छुट र अफर

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८२ को अवसर पारेर स्टाइल सुजले आफ्ना ग्राहकहरूका लागि आकर्षक छुट र अफरका योजना सार्वजनिक गरेको छ।

झण्डै एक दशकदेखि नेपाली बजारमा बच्चादेखि वृद्धसम्मका लागि जुत्ता उत्पादन तथा बजारीकरण गर्दै आएको स्टाइल सुज इण्डष्ट्रिज प्रा.लि. ले नयाँ वर्षलाई लक्षित गर्दै हरेक जुत्तामा १५ प्रतिशतसम्म छुटको योजना ल्याएको हो।

कम्पनीले नयाँ वर्षका लागि पार्टी सुज, स्पोर्ट्स, बुट तथा क्याजुअल सुजका दुई दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक गरेको छ। अहिलेसम्म साढे तीन सयभन्दा बढी मोडल बजारमा पठाइसकेको स्टाइल सुजले नयाँ वर्षमा थप २५ मोडल उपलब्ध गराउने जनाएको छ।

स्कुल भर्ना सत्र सुरु हुने समयलाई मध्यनजर गर्दै कम्पनीले विद्यार्थीका लागि आवश्यक जुत्ताहरू पनि उत्पादन गरी बजारमा पठाएको जानकारी स्टाइल सुज इण्डष्ट्रिजका प्रबन्ध निर्देशक कुमार न्यौपानेले दिनुभयो।

“पछिल्लो समय स्टाइल सुज युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ। आधुनिक युवायुवतीका लागि उपयुक्त नयाँ–नयाँ डिजाइनमार्फत हामी आम धारणा बदल्ने प्रयासमा छौं,” प्रबन्ध निर्देशक न्यौपानेले बताउनुभयो।

कम्पनीले पार्टी, स्पोर्ट्स, क्याजुअल, अफिसियलदेखि स्कुल तथा कलेज अध्ययनरत विद्यार्थीका लागि विभिन्न डिजाइनका सुज उपलब्ध गराएको छ।

हाल देशभर ६५ भन्दा बढी जिल्लाका मुख्य बजारहरूमा उपलब्ध स्टाइल सुजमा ६ महिनाको वारेन्टी दिइने व्यवस्था रहेको छ। नेपाली उत्पादन र स्वदेशी उद्योग प्रवर्द्धन गर्ने उद्देश्यसाथ सुरु गरिएको स्टाइल सुज ब्राण्डले उपभोक्ताहरूबीच लोकप्रियता हासिल गर्दै आएको छ।