८१ को विदाइ, ८२ को क्रान्तिकारी स्वागत : दिपक चलाउनेको पाँच वैज्ञानिक प्रतिवद्धता

काठमाडौँ, २०८२ सालको पहिलो दिन, जब सत्तारूढ दलहरू ‘सेलिब्रेशन’ मा रमाइरहेका छन्, जनताको वास्तविक एजेन्डा उठाउँदै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता उदय बहादुर चलाउने ‘दिपक’ले पाँच क्रान्तिकारी कार्यसूचीको घोषणा गरेका छन्। उनका कार्यक्रम कुनै देखावटी नारा होइनन् — यी समाज परिवर्तनका स्पष्ट, ठोस र व्यवहारिक आधार हुन्।

नेता दिपकले शिक्षा र स्वास्थ्यलाई सम्पूर्ण जनताका लागि पूर्ण निःशुल्क बनाउने उद्घोष गरे। यो प्रतिवद्धता मौलिक हकका नाममा गरिने बाजीगरी होइन, वैज्ञानिक समाजवादको नीतिगत आग्रह हो।

त्यसपछि उनले राष्ट्रिय उद्योगको पुनर्जागरण लाई प्राथमिकता दिँदै, आयातमुखी अर्थतन्त्रको कपाल खौरेर स्वावलम्बी समाज निर्माणको बाटोमा जाने संकेत दिए।

जमिनमा सर्वसाधारणको निःशुल्क पहुँच — यो विषय नेपालमा सधैं दलाल भूमि दलालहरूको नियन्त्रणमा थियो। दिपकको भनाइमा, “अब जमिन पैसावालका लागि होइन, कृषक र श्रमिकका लागि हुनुपर्छ।”

चौथो कार्यसूचीमा उनले उत्पीडित वर्गहरूको अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता जनाउँदै, जातीय, लिङ्गीय, वर्गीय विभेद अन्त्य गरेर समता आधारित समाज निर्माणको मार्ग देखाए।

अन्ततः उनले भनाइमा अझै गहिरो चोट पुर्‍याउँदै जनघातक असमान सन्धि–सम्झौताहरू खारेज गर्ने उद्घोष गरे। यो केवल नाराजस्तो लागे पनि वर्तमान संसदवादी शक्तिहरूका साम्राज्यवादप्रतिको समर्पणशिलतामाथि कडा प्रहार हो।

दिपकको उद्घोष, जनताको आवाज

“अबको युग वैज्ञानिक समाजवादको युग हो,” दिपकले ठोकुवा गरे, “जनताको वास्तविक मुक्ति संसदको गल्लीबाट होइन, वैज्ञानिक कार्यक्रमबाट मात्र सम्भव छ।”

उनले यो घोषणालाई क्रान्तिकारी नववर्ष संकल्प को रूपमा अघि सारेका छन् र सम्पूर्ण उत्पीडित समुदायलाई ऐक्यबद्धताको अपील गरेका छन्।

जहाँ एकातिर सत्तामा बसेका दलहरू नयाँ वर्षको नाममा भोज र बुलेट बिनाको बधाईमा मस्त छन्, त्यही बेला बहुमतपन्थी नेता दिपकले जनताको वास्तविक मुक्ति कार्यक्रम प्रस्तुत गरेका छन्।
अब प्रश्न जनतासामु छ — भविष्य बनाउने हो कि फेरि झुक्याउनेहरूकै पछि लाग्ने हो?