नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीच ५ बुँदे सहमत
काठमाडौं । चीन भ्रमणमा रहेको माओवादी प्रतिनिधि मन्डलले भ्रमणका दौरान चिनियाँ कम्युनिस्ट पार्टी छोङछिङको पार्टी स्कुल र माओवादी केन्द्रको सुदूरपस्चिम प्रदेशको पार्टी स्कुलबिच सहमति गरेको छ ।
सम्झौता पत्रमा दुबै पार्टीका प्रतिनिधिले हस्ताक्षर गरेकाछन् ।
सम्झौता पत्रमा पार्टी निर्माण, राज्य सरकार सहयोग, कार्यकर्ता प्रशिक्षण, पार्टी स्कुल विकास, कार्यकर्ता शिक्षा, तालिम प्रणाली, पाठ्यक्रम निर्माण, सिकाइ प्रणालीको विकास, माक्सवादको नवीन विकास, माक्र्सवादको सैद्धान्तिक र व्यवहारिक प्रयोग, प्राज्ञिक चिन्तन र वहस, द्विपक्षीय उच्चस्तरीय भ्रमण, संयुक्त गोष्ठी र सम्मेलन लगायत रहेकाछन् ।
नेपाली प्रतिनिधि मन्डल प्रमुख दिनानाथ शर्मा र सि पि सिको अन्तर्राष्ट्रिय बिभागका निर्देशक चाङ जु जिङको उपस्थितिमा यो सम्झौता भएको हो।
यो ५ वर्षको लागि सम्झौता भएको हो । हरेक ५ वर्षमा सम्झौता नवीकरण गर्नुपर्नेछ ।
५ दिने छोङ्छिङ भ्रमणको अन्तिम दिन टोली नेता दिनानाथ शर्माले भ्रमणले दुई राष्ट्र बीच बिकसित भएको सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्ने बताए । भ्रमणले
समाजबादी क्रान्तिलाई साम्यवाद तिर अग्रसर गराउन पनि महत्त्वपूर्ण भुमिका खेलेको धारणा राखे ।
जनताको जिवनस्तर सुधार गर्दै छोटो समयमा छोङ्छिङ लगायतका अरु क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै चीनले अंगिकार गरेको बिकाशको मोडेललाई नेपालले पनि अनुसरण गर्नु पर्ने शर्माको भनाइ थियो ।
त्यस्तै, सीपीसीको अन्तर्राष्ट्रिय बिभागका निर्देशक चाङ जु जिङले नेपाल चीन सम्बन्धको ७० वर्ष पुगेको बेला भएको यो भ्रमणले दुई देश बीचको सम्बन्धमा थप ईटा थपेको उल्लेख गरे ।
उनले छोङछिङ र नेपालको भुगोल र जनसंख्या उस्तै उस्तै भएको उल्लेख गर्दै नेपाल संग चीनको गहिरो सम्बन्ध रहेको धारणा राखे ।
यस्तो भ्रमणले चीन नेपाल सन्बन्धलाई थप उचाइमा लैजाने उनको बिश्वास थियो ।
चीनिया प्रधानमन्त्रीले छिमेकीहरु संग सधै सुमधुर सम्बन्ध राख्ने नीति लिएको अन्य चिनियाँ नेताहरूले बताएका थिए ।
छिमेकी रास्ट्रहरुको बिकास, शिक्षा लगायत को विषयमा पनि चीनले सधै साथ उनीहरूले बताएbका थिए ।
५ दिने भ्रमणको दौरान नेपाली टोलिले थुप्रै ऐतिहासिक तथा पर्यटकिय क्षेत्रहरुको भ्रमण गरेको थियो ।