क्रान्तिकारी युवा संगठन कैलालीको सम्मेलन सम्पन्न, अध्यक्षमा दिपक पाल चयन
कैलाली । नेकपा (बहुमत) निकट क्रान्तिकारी युवा संगठन नेपाल कैलाली जिल्ला सम्मेलन बिहीबार सम्पन्न भएको छ। दोस्रो जिल्ला सम्मेलनले दिपक पाललाई अध्यक्ष चयन गर्दै २१ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ।
नयाँ समितिको उपाध्यक्षमा टेकेन्द्र नेपाली, सचिवमा केशव खत्री, सह-सचिवमा करण वड, र कोषाध्यक्षमा निर्मला जोशी चयन भएका छन्।
सम्मेलनमा नेकपा (बहुमत) का स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज निर्मल, कैलाली जिल्ला इन्चार्ज अर्जुन, क्रान्तिकारी युवा संगठनका केन्द्रीय कार्यालय सदस्य तथा पश्चिम कमाण्ड इन्चार्ज झलक विश्वकर्मा, सुदूरपश्चिम इन्चार्ज दिपेन्द्र ऐरी लगायत पार्टी र जनसंगठनका नेताहरूको उपस्थिति रहेको थियो।
संगठनले आगामी २०८२ साल वैशाख १६–१८ गते काठमाडौंमा प्रथम राष्ट्रिय सम्मेलन आयोजना गर्ने जनाएको छ। उक्त सम्मेलनमा नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’, स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दिपक’ लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।