“अन्धकार पछिको उज्यालो”
सुनिता एउटा सानो गाउँमा जन्मेकी थिई। गाउँ हरियो पहाडहरूले घेरिएको, खोल्साहरू झरना जस्तै बग्ने, चराहरू बिहानै चिरबिर गर्ने ठाउँ थियो। ऊ गाउँकै स्कुलमा पढ्थी, तर मनमा ठूलो सपना थियो—ठूलो शहरमा गएर ठूलो मान्छे बन्ने। उसको बुबा किसान थिए, आमाले घरकै काम गर्थिन्। गरिबीले च्यापेको घरमा हरेक पैसा अमूल्य थियो। तर सुनिता निकै मिहेनती थिई। स्कुलमा हरेक वर्ष पहिलो हुन्थी ।
एकदिन उसले एउटा पुस्तक पढी—तिमी आफैं आफ्नो भाग्यको निर्माता हौ । यो वाक्य उसको मुटुमा बज्रियो। अब ऊ अरू झनै मिहिनेत गर्न थाली। माध्यमिक शिक्षा सकिएपछि काठमाडौं जाने इच्छा थियो, तर पैसाको समस्या थियो। बुबाले भने, छोरी, हाम्रो खेत बेचेर पढाउँछु । तर सुनिता तयार थिईन । ऊ आफ्नै मेहनतमा अघि बढ्न चाहन्थी ।
ऊ गाउँकै स्कुलमा पढाउने काम गर्न थाली । बिहान विद्यालय, दिउँसो ट्युसन पढाउने, राति आफ्नै अध्ययन । दुई वर्षमा काठमाडौंको छात्रवृत्ति पायो । काठमाडौंमा उसको लागि संसार नै नयाँ थियो—ठूलो शहर, भीडभाड, फरक जीवनशैली । सुरुवाती दिनहरू कठिन थिए । एकछिन घर सम्झेर रुनु, एकछिन लक्ष्य सम्झेर पढ्नु ।
सुनिता इञ्जिनियरिङ्ग पढ्न चाहन्थी। तर त्यहाँ पनि चुनौतीहरू कम थिएनन् । उसले पढाइसँगै जागिर गर्न थाली। कहिलेकाहीँ रातभर जाग्राम बसेर अध्ययन गरिन्थ्यो। एकदिन ऊ थाकेर हिम्मत हार्दै थिई, त्यही बेला उसकी आमाको फोन आयो फोनमा भनिन्, छोरी, तिमीले सपना पूरा गर्यो भने मात्र हाम्रो संघर्ष सार्थक हुन्छ ।
यो सुनेर ऊ फेरि उठी, पढाइमा झन् ध्यान दिन थाली, अन्ततः ऊ पहिलो महिला इञ्जिनियर बनि आफ्नो गाउँबाट
इञ्जिनियर भएर ऊ गाउँ फर्की । बुबा-आमाको आँखा खुसीले रसाए। गाउँभरि उत्सव मनाइयो। अब ऊ आफ्नै गाउँमा पुलहरू, बाटाहरू बनाउन चाहन्थी। अनि सुरु गरिन आफ्नो काम—गाउँमा पहिलो राम्रो स्कुल, राम्रो अस्पताल खोल्ने सपना पूरा गर्न। अब ऊ अरूलाई पनि भनिरहेकी थिई—”संघर्ष गर, सपना पूरा हुन्छ ! ।