दाङमा एमालेका वडाध्यक्षले कुटे प्रधानाध्यापक
दाङ । घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेको श्री उ.मा.वि शुभ प्रभात स्कुलको विद्यालयका प्रधानाध्यापकमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन्।
उक्त वडाका अध्यक्ष भान सिंह बुढाले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन्। विद्यालय व्यवस्थापन समिति गठनको बिषयलाई लिएर छलफलकै क्रममा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष बुढाले प्रधानाध्यापकलाई कुटपिट गरेका हुन् ।
आफ्नो पार्टीको मान्छेलाई व्यवस्थापन समितिको अध्यक्ष बनाउनुपर्ने भनी चर्को दवाव दिएको र नमाने पछि प्रधानाध्यापक माथि वडाध्यक्षले हातपात गरेका हुन् । साथै, वडाध्यक्षसँग आएका केही मान्छेहरुले मरासन्न हुने गरी हेडमास्टर माथि लात्ती र मुक्का प्रहार गरेको एक स्थानियले बताए ।
घाइते प्रधानाध्यापकलाई तत्काल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ। यस घटनापछि, जनप्रतिनिधिको यस प्रकारको हिंसात्मक व्यवहारलाई स्थानीय सरोकारवालाहरूले कडा निन्दा गरेका छन् र संवेदनशील विद्यालय क्षेत्रमा यस्तो आचरणले गम्भीर प्रश्न उठाएको छ।