अखिल (क्रान्तिकारी) बहुमतद्धारा ३३ बुँदे घोषणा पत्र सार्वजनिक

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले  आज पत्रकार सम्मेलन गरेर स्ववियु निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अखिल (क्रान्तिकारी) बहुमतले त्रिभुवन विश्वविद्यालय सुधारको ३३ बुँदे एजेण्डासहित स्ववियू निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको हो ।

विश्वविद्यालयको कूलपति प्रधानमन्त्री बन्ने प्रणाली खारेज गर्न तथा विश्वविद्यालयमा गरिने राजनीतिक भागबण्डा र हस्तक्षेपको अन्त्य गर्न संघर्ष गर्ने, त्रिविको अतिक्रमित जमिन फिर्ता ल्याउन अभियानसहित संघर्ष गर्ने, स्ववियुलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, उत्तरदायी एवं विद्यार्थी आन्दोलनको साझा मोर्चाको रूपमा विकास गर्ने, त्रिविलाई दक्षिण एसियाकै अग्रणी अनुसन्धान संस्थाको रूपमा विकास गर्न पहल गर्ने, विश्वविद्यालयका पदाधिकारी सहित, प्राध्यापक, जनप्रतिनिधि, सरकारी कर्मचारीले निजी शिक्षामा लगानि गर्न नपाउने व्यवस्था गर्नको लागी संघर्ष गर्ने लयातका एजेण्डा अखिल (क्रान्तिकारी) ले अगाडी सारेको छ ।

घोषणा पत्र सार्वजनिकी कार्यक्रममा अखिल (क्रान्तिकारी) बहुमतका केन्द्रीय अध्यक्ष विरेन्द्र शाह, सचिवहरु गोविन्द विष्ट, डिबि शाही र हरि विष्टलगायतको उपस्थिति रहेको थियो ।