लोप हुँदै कर्णालीका रैथाने भाका : गुञ्जिनै छाडे भीरपाखा पखेरामा ठाडी भाका

कर्णालीको रैथाने भाका हिँउदाले ठाडी भाका बिस्तारै लोप हुदै गएको छ । आधुनिक संस्कृति भित्रिएसंगै सुदूर तथा कर्णाली प्रदेशका बिभिन्न क्षेत्रका पाखा पखेरामा गुञ्जिने ठाडी भाका लोपउन्मुख अवस्थामा पुगेको हो । सुदूर तथा कर्णाली प्रदेशका बिभिन्न क्षेत्रका पाखा पखेरामा गुञ्जिने ठाडी भाका एक प्रमुख संस्कृति हो । लामो स्वर तानेर गाइने हुनाले ुठाडीु नाम दिइएको यो भाकालाई देउडाको एक विधा मानिन्छ। भीर, पाखा, गोठालो जाँदा गाइने हुनाले यसलाई ुगोठाले गीतु पनि भनिन्छ। समाजको अगाडि गाउन लाज मान्ने भएकाले यस गीतमा बाजा बजाइँदैन। यद्यपीस यसको आफ्नै पहिचान, अस्तित्व र महत्व छ।

ठाडी भाका कर्णालीको संस्कृतिको जननी हुन्। ठाडी भाकाका गीतले सिंगो सुदूरपश्चिम र कर्णाली प्रदेशको नरनारीको जिन्दगी बोलेको हुन्छ। राज्यले ती प्रदेशलाई हेर्ने दृष्टिकोणमा फरकपन देखिएजस्तै त्यहाँका सम्भ्रान्त नरनारीले गरिबी र अभावमा बाँच्न बाध्य भुइँ मान्छेहरूलाई हेर्ने चश्मा फरक छन् । ठूलो खाडल छ, सम्पन्न र विपन्न वर्गका बीचमा। अधिकांश व्यक्ति हुँदा खाने भए पनि सीमित हुनेखाने समूहले दबाएर राखेको देखिन्छन्। त्यसैले पनि कोमल भावका मानिस कारुणिक लयमा ठाडी भाकामा गीत गाउने र प्रकृतिजन्य सम्पदालाई साथी सम्झेर सुनाउँछन्।

ठाडी भाकाले समयलाई मात्र सम्बोधन गदैन मान्छेको अव्यक्त पिडा ओकल्छ । केहि दशकअघिसम्म ठाडी भाका नै वनगीतका सम्पत्ति कहलिन्थे। खेलभन्दा ठाडी भाका गाउन मानिसहरू तम्सिन्थे। स्याउली सोत्तर गर्दा, गाईगोठालो जाँदा या गाजो (सुकेको घास)  काट्दा ठाडी भाका खुबै सुनिन्थ्यो। अहिले ठाडी भाकामा कमी आएको देखिन्छ। बदलिँदो समयसँगै गीतमा फास्ट ट्र्याकको प्रचलन बढेको छ। विस्तारै अर्थ बुझ्ने गरी गाउने गीतको चलन हराउँदैछ।

अहिले ठाडी भाका सुन्ने श्रोताको संख्या पहिले जस्तो नभएपनि संस्कृतिको जगेर्णको हिसाबले महत्व बढेको छ ।

ठाडी भाकाका कथा : भिडियो