माओवादी केन्द्र कुशे गाउँपालिकाको अध्यक्षमा : हरिचन्द्र जैशी
प्रकासित मिति : २०८१ फाल्गुन १०, शनिबार ०८:१९
प्रकासित समय : ०८:१९
खलंगा, जाजरकोट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कुशे गाउँपालिकाको अध्यक्षमा हरिचन्द्र जैशी सर्बसम्मत चयन भएका छन् । बिहीबार र शुक्रबार टालेगाउँमा भएको पालिका अधिवेशनले हरिचन्द्र जैशीलाई चयन गरेको हो ।
अधिवेशनले जैशीको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा विकास रोकाया,उपाध्यक्षमा प्रेमजंग शाही र गोरख बहादुर नेपाली रहेका छन । त्यस्तै सचिवमा चण्डिका आरसी सह सचिवमा धन बहादुर सिंह कोषाध्यक्षमा गोरख बहादुर संिह रहेको नेकपा माओवादी केन्द्रका कुशे इन्चार्ज जनकराज गौतमले जनाएका छन् ।
गौतमका अनुसार दुई दिनसम्मा चलेको अधिबेशनले सर्वसहमत पालिका नेतृत्व चयन गरेको हो ।