लैनचोर स्थित भारतिय दुतावासमा विद्यार्थीको प्रदर्शन (तस्बिर)

काठमाडौं । संयुक्त विद्यार्थी संगठनद्धारा काठमाडौंको लैनचौर स्थित भारतिय दुतावस अघाडी बिरोध प्रदर्शन गरिएको छ ।

भारतको उडिसा राज्यको केआइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युु प्रकरण र त्यहाँ अध्यानरत अन्य नेपाली विद्यार्थीहरु माथि गरिएको अपमानजन ब्यबहारको बिरोधमा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) सहित ४ वटा विद्यार्थी संगठनले बुधबार संयुक्त रुपमा लैनचोर स्थित भारतिय दुतावास अघाडी बिरोध प्रदर्शन गरेका हुन् ।

उक्त बिरोध प्रदर्शनमा बहुमत निकट अखिल (क्रान्तिकारी), बैज्ञानिक समजाबादी विद्यार्थी संगठन, अखिल (छैठौं) र नेकपा क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) ले बिरोध प्रदर्शन गरेका हुन् ।

मृतक नेपाली छात्रा प्रकृति लम्सालको शकास्पद मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गरेर दोसिलाई कडा कारबाही गर्न र परिवारलाई उचित क्षेतिपुर्तिको व्यवस्था, त्यहाँ रहेका अन्य विद्यार्थीहरुको शुरक्षाको प्रत्याभुतिको व्यवस्था गर्न माग गरेका छन् ।

उक्त कार्यक्रमलाई अखिल (क्रान्तिकारी) का सचिब डिबि शाही, अखिल (छैठौं) का अध्यक्ष सुवाश जिशी, अखिल (क्रान्तिकारी) का अध्यक्ष महेश श्रेष्ट, बैज्ञानिक समाजवादी विद्यार्थी संगठनका अध्यक्ष हिमांशु लगायतका विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए ।

त्यस्तै उक्त कार्यक्रमलाई अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष कमला परियारले सन्चालन गरेकि थिइन् ।