माओवादी केन्द्र कुशे गाउँ समितिको तेस्रो सम्मेलन फागुन ८ र ९ गते हुने
जाजरकोट, नेकपा माओवादी केन्द्र कुशे गाउँपालिका गाउँ समितिको तेस्रो सम्मेलन फागुन ८ र ९ गते हुने भएको छ। संगठन सुदृढीकरणका लागि बिधान त कुशे गाउँपालिका गाउँ समितिको तेस्रो सम्मेलन फागुन ८ र ९ गते कुशे गाउँपालिकाको वडा नं २ मा हुने भएको हो ।
कुशे गाउँ समितिको तेस्रो सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेतले उदघाटन गर्ने गाउँ समतिका अध्यक्ष हरिचन्द्र जैशी अनुकुलले जानकारी दिए । जैशीका अनुसार सम्मेलनबाट गाउँ समतिको नयाँ नेतृत्व चयन हुनेछ ।
सम्मेलनले पार्टी संगठनको सुदृढीकरण, भावी रणनीति, तथा स्थानीय तहमा पार्टीको उपस्थितिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने अध्यक्ष जैशीले जानकारी बताए । पार्टीको नीति तथा योजनाहरूलाई कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक निर्णयहरू हुने अपेक्षा गरिएको छ। यस सम्मेलनमा पार्टीका स्थानीय नेताहरू, कार्यकर्ताहरू तथा शुभेच्छुकहरूको व्यापक सहभागिता रहने आयोजक समितिले जनाएको छ।