लक्ष्मीकन्या बुढाद्वारा लिखित पुस्तक ‘संकल्प यात्रा’सार्वजनिक
काठमाडौ, लक्ष्मीकन्या बुढाद्वारा लिखित पुस्तक ‘संकल्प यात्रा’सार्वजनिक भएको छ । लक्ष्मीकन्या बुढाद्वारा लिखित पुस्तक ‘संकल्प यात्रा’सार्वजनिक भएको छ । माओबादी केन्द्रकी नेतृ समेत रहेकी लेखक बुढाद्धारा पाँचौँ पुस्तक ‘संकल्प यात्रा’ सार्वजनिक भएको हो ।
समाजवादी मोर्चा नेपालद्वारा आज प्रज्ञा भवन कमलादी काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभारः विचार गोष्ठी’ कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेकपाका महासचिव नेत्रबिक्रम चन्द (विप्लव) र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संयुक्तरुपमा उक्त पुस्तक सार्वजनिक गरेका हुन ।
अनुभूति संस्मरण पुस्तक ‘संकल्प यात्रा’ विमोचन गर्दै अध्यक्ष प्रचण्डले कर्णालीको विकट भूगोलमा जन्मेर मुलुकको व्यवस्था परिवर्तनका लागि आफ्नो उर्जाशील जीवन संघर्ष एवं आन्दोलनमा बिताउनुभएकी लेखिका बुढाले न्याय र समानताका पक्षमा कलम चलाएको बताए । “पुस्तकबाट नेपाली समाज विकास र रुपान्तरणमा मात्र सहयोग त पुग्ने नै छ साथै आन्दोलनमा नेपाली महिलाको योगदान र इतिहासको समेत दस्ताबेजीकरण हुने उनको दाबी छ ।”
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले सानै उमेरमा जनयुद्धमा होमिएकी कर्णालीको छोरीले संघर्ष र आन्दोलनको मर्मलाई पुस्तकमार्फत उल्लेख गर्नु सह्रानीय काम भएको बताए । लेखिका बुढाले न्याय र समानतासहित सुन्दर एवं सभ्य समाज स्थापनाका लागि सामुहिक स्वार्थमा जीवन समर्पण गरिएको र त्यसको उद्देश्य पुरा नहुन्जेल यात्रा निरन्तर रहने ‘संकल्प यात्रा’ पुस्तकको मुख्य सार रहेको बताए । १७६ पेजको उहाँको यो पाँचौ कृति हो । यस अघि बुढाले चारवटा पुस्तक प्रकाशन गरिसकेकी छन् ।