नेकपा (बहुमत) को नवौं महाधिवेशन सम्पन्न, महासचिवमा धर्मेन्द्र बास्तोला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को नवौँ महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन गर्दै शुरु भएको नेकपा (बहुमत) को नवौँ महाधिवेशन ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै आज (बिहीबार) सम्पन्न भएको हो ।

माघ ५ गतेबाट कीर्तिपुरको अडिटोरियम हलमा शुरु भएको बन्द सत्रमा १६ वटा समूहले दस्तावेज र विधान पारित गरिसकेपछि बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष दीर्घराज पाण्डेले आयोजक समिति विघटनको घोषणा गर्नु भएको थियो । अध्यक्ष मण्डललाई निर्वाचन मण्डलमा परिणत गरिएको थियो । त्यसको लगत्तै अध्यक्ष मण्डलका सदस्य सरला रेग्मीले केन्द्रीय समिति सदस्यको सङ्ख्या ९९ को प्रस्ताव गरेकी थिइन् । उक्त सङ्ख्यालाई हलले ताली बजाएर पारित गरेको थियो ।

त्यसको लगत्तै सरला रेग्मीले ९९ जना केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेकी थिइन् । उनीले प्रस्ताव गरेको नाम हलले ताली बजाएर एकमतले पारित गरेको थियो । केन्द्रीय समितिको चयन एकमतले पारित भएपछि जेष्ठ सदस्य जटिलको अध्यक्षतामा पहिलो बैठक बसी महासचिवमा कञ्चनलाई निर्वाचित गरेको थियो । निर्वाचन मण्डलका प्रमुख दीर्घराज पाण्डेले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएका थिए ।

नवनिर्वाचित समितिलाई आयोजक समितिका सदस्य मामाले शुभकामना दिएका थिए । नवनिर्वाचित महासचिवले महाधिवेशन समापन गरेका थिए । समापनसँगै नारा लगाइएको थियो