अहिले माओवादीको प्राथमिकता सरकार होइन : अध्यक्ष प्रचण्ड
प्रकासित मिति : २०८१ माघ ८, मंगलवार १८:२१
प्रकासित समय : १८:२१
चितवन, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको दावी गरेका छन्। चितवनमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएर जनता भएको बताए।
“अहिले हाम्रो प्राथमिकता सरकार होइन। मैले धेरै चोटी भनेको छु,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन।”
आफूहरू सरकार परिवर्तनको खेलमा संलग्न नभएको बताउँदै अध्यक्ष प्रचण्डले बरु वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गईदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको बताए। माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने काममा लागिपरेको उनको भनाइ थियो।