नेपालगन्ज इदगाह सञ्चालक समिति विरुद्ध ज्ञापनपत्र !

बाँके,नेपालगन्ज दारूल उलुम फैजुन्नबी जामा मस्जिद तथा इदगाह सञ्चालक समिति नेपालगञ्ज विरुद्ध नेपालगञ्जका मुस्लिम जनसमुदायद्वारा जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ ।

नेपालगञ्ज वडा नम्बर ३ स्थित रहेको दारुल उलूम फैजुन्नबी जामा मस्जिद तथा इदगाह सञ्चालक समिति नेपालगञ्जले समिति भंग गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले स्थानीय वडा अध्यक्ष अय्युब सिद्दिकीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेले तदर्थ समिति गठन गरि नयाँ समिति गठनको प्रक्रिया अगाडि बढाएको थियो ।

उक्त समितिले प्रभावकारी काम नगर्न नसकेपछि प्रशासनले फेरि नयाँ तदर्थ समिति गठन गर्यो। तर नयाँ समितिले समेत बारम्बार साधारण सभाको बैठक बोलाई कार्यक्रम स्थगित गर्ने काम मात्र गरेपछी चौतर्फी विरुद्ध हुन थालेको हो।

तीन पटक साधारण सभा स्थगित भएपछि निर्वाचन प्रक्रियामा जाने निर्णय गरियो । केशव कोइराला नेतृत्व निर्वाचन समिति गठन समेत गरिएको थियो । निर्वाचनको तोकेर तदर्थ समितिले सदस्यहरुलाई जानकारी नगराई निर्वाचन स्थगित गर्यो। त्यसपछि नयाँ तदर्थ समितिले मनोमानी तरिकाले नयाँ नेतृत्व चयन गरि सामाजिक सञ्जालमा प्रचारप्रसारको कार्यलाई अगाडि बढाएपछि मुस्लिमले नयाँ समिति विरुद्ध ज्ञापनपत्र बुझाउने मंगलबार जिल्ला प्रशासन कार्यालय बाँके पुगेका हुन् ।

समुदायले विधिवत रुपमा निर्वाचन गराई समिति गठन गराउन माग गरेको छ । समुदायको अनुसार पुरानो समितिले विगत ७ वर्षदेखि संस्थाको कामकाजलाई पारदर्शि रुपमा सम्पादन नगरि तदर्थ समिति भंग गराएको थियो । समुदायका अनुसार पुरानो समितिका सदस्य तथा पदाधिकारीहरु स्वयं निर्वाचन समितिमा बसि मनोमानी तरिकाले नयाँ नेतृत्व छनौट गरेका छन्। मुस्लिम समुदायले जिल्ला प्रशासन कार्यालय बाँकेका सिडियो खगेन्द्र रिजाललाई बुझाएको ज्ञापनपत्रमा नेपालगञ्ज दारुल उलूम फैजुन्नबी जामा मस्जिद इंदगाह संचालक समितिमा वर्षौंदेखि केही व्यक्तीहरुले आफ्नो मनोमानी तरिकाले संचालन गरिरहेको जिकिर गरेको छ ।

ज्ञापनपत्रमा संस्थाको कुनै पनि कार्यक्रमहरु पारदर्शी रुपमा संचालन नभएको समेत बताइएको छ । समुदायले बारम्बार आवाज उठाउँदै आएको छ । यसका साथै पुरानो समितिले बारम्बार सदस्यता वितरण तथा नविकरणको नाममा शुल्क उठाउँदै आएको हो। समितिले पहिलो पटक २०७८ सालमा सदस्यता वितरण गरियो तर चुनाव गराइएन फेरी २०८१ साल जेष्ठ महिनाको २८ गते पुरानो कमिटी भंग गरी तदर्थ समिति गठन गरियो र सो तदर्थ समितिले पनि तीन महिना भित्र चुनाव गराउँछु भनेर फेरी सदस्यता वितरण गरियो ।

जसमा १९२७ जनाले सदस्यता लिए तर हालसम्म निर्वाचन गराइएको छैन । प्रथम र दोश्रो पटक बोलाइएको साधारण सभामा निर्वाचनको माग गर्दा साधारण सभा नै स्थगित गरिएको थियो । समुदायले पटक पटक निर्वाचन बारे कुरो उठाँउदा ५ सदस्य रहेको निर्वाचन समिति बनाइयो र अब चुनाव हुन्छ भनेर पौष ६ गतेका दिन निर्वाचन समितिले २०८१ पौष २० गते निर्वाचन गर्ने निर्णय गर्यो समेत गर्यो । निर्वाचनका लागि अधिवक्ता केशव राज कोइरालाको नेतृत्वमा ३ सदस्यीय निर्वाचन भण्डल समेत गठन गरियो । निर्वाचन कार्यविधि तयार गर्ने निर्देशन दिइयो। निर्वाचन मण्डलले दिइएको निर्वाचन कार्यविधिलाई बहुमत द्वारा स्वीकृत गरियो। निर्वाचनको सम्पुर्ण तयारी पुरा भइसकेर पनि निर्वाचन प्रक्रिया शुरु गरिनेदिन निर्वाचन सदस्यलाई थाहै नदिई निर्वाचन स्थगित गर्यो ।

निर्वाचन समितिको काम निर्वाचन गर्नु पर्ने भए पनि नियम विपरित २०८१ पौष २० गतेका दिन २०८१ माघ १ गतेका दिन तेश्रो साधारण सभा गरिने निर्णय गरि गैर लोकतान्त्रिक र अवैधानिक कार्य गर्दै मनोमानी तरिकाले चयन गरिएको समुदायको गुनासो छ । विवरणहरु तलका बुँदाहरुमा प्रष्टयाइएको छ।