क्रान्तिको कार्यभार

भुमिका
हामी औद्योगिक क्षेत्रमा हाम्रो पुरानो क्याम्पमा करिब सात बजेर चालिस मिनेट भित्र खाना खाइ सकेको थियौं । हामी हाम्रो ४ नं ब्युरो इन्चार्ज  क. अनन्तको नेतृत्वमा म(सुजन) सहित कमरेडहरु बद्री, रवीन्द्र, भिमसेन, लोकेन्द्र, डोब बहादुर, गगन, प्रेम र सबिन सहित ४ न.ब्युरोबाट २३ जना नवौं महाधिवेशनमा प्रतिनिधिको रूपमा जान लाइरहेका थियौं र करिब ८ बजे बस पनि आयो र हामी हाम्रो ऐतिहासिक क्याम्प बाहिरबाट बस चढयौँ ।

अरु जिल्लाबाट पनि प्रतिनिधि कमरेडहरु आ-आफ्नो कार्यक्षेत्रबाट यात्रा सुरु गर्नु भएको थियोे भन्ने कुरा पनि ब्युरो इन्चार्ज क. अनन्तले भन्नु भयो । र यता हाम्रो कास्की जिल्लाको प्रतिनिधी कमरेडहरु यात्रा गरिसकेका थियौं । यो क्रममा म आफैं पनी आठौं महाधिवेशन रोल्पाको थवाङमा भएको करिब ८ वर्ष पछी विभिन्न प्रकारको उतारचढावको बिचबाट महाधिवेशनमा सहभागी हुन पाउँदा पुन एकचोटी क्रान्तिको दियोमा तेल थपेर फेरि क्रान्तिको बाटोलाई उज्यालो क्रान्तिकारी सैद्धान्तिक ज्योतिले स्पष्ट देखाएर फर्किनुपर्ने चुनौती थियो । त्यो सँगै मैले फेरि हाम्रो अरु सबै कमरेडहरुको अनुहारलाई हेर्दा र पढदा सबैमा एउटा अपुरो क्रान्तिको कार्यभारलाई पूरा गर्ने उदेश्य र अठोटको साथ मलिलो र गम्भीर प्रकारको अनुहार देखिरहेको थिएँ । तर त्यो मलिलो अनुहार भित्र क्रान्तिको बिउ रोपेर फर्किनु हामीलाई चुनौती थियो जस्तो लागिरहेको थियो । साथै पछिल्लो नेकपा (माओवादी) पार्टीबाट टुटफुट, विभाजन र नेतृत्वको गद्दारिले गर्दा आममा जनताहरुमा अविश्वास थियो । तर हरेक अविश्वास, निराश, विघटन एउटा क्रान्तिकारी चरणपछि विश्वास, आशा र नयाँ पुर्नगठन हुन्छ भने हाम्रो सर्वहारावर्गको बौद्धिक दर्शन द्वन्द्वात्मक तथा  ऐतिहासिक भौतिकवादी दर्शनले सदैब सिकाएको थियोे । त्यसै अनुरुप हामी सबै कमरेडहरु एउटा गम्भीरता, उत्साह, चुनौती र नयाँ आशा, उत्साह सहितको बिचबाट हामी हाम्रो क्रान्तिकारी सैद्धान्तिक बिउ रोप्ने एतिहासिक थलो नवौं महाधिवेशनको स्थान काठमाडौको यात्रा सुरु गरिरहेका थियौं ।

परन्तु हामीले ८औं महाधिवेशन भएको ८ वर्ष बितेको छ । तर यी वर्षमा क्रान्तिकारीहरुले संसदिय संशोधनवादका बिरुद्ध राजनीतिक बैचारिक संघर्ष र पार्टी पुर्नगठन गर्दै पार्टीलाई दलाल संसदीय व्यवस्था, भारतीय साम्राज्यवादी हस्तक्षेप र भुमण्डलीकृत साम्राज्यवादीहरूका विभिन्न हस्तक्षेप विरुद्ध पेचिला सङ्घर्ष गर्यौ । त्यस्तै जनयुद्धबाट आएको माओवादी र कम्युनिस्ट आन्दोलनमा पैदा भएको संसदिय संशोधनवाद, आत्मसमर्पणवाद, विसर्जनवाद, पलायनबाद, अकर्मण्यताबादका विरुद्ध जोडदार सङ्घर्ष सञ्चालन गर्नुपर्यो । परन्तु पार्टीले ती समस्या र खराबीमाथी मूलभूत रूपले विजय हासिल गर्नको लागी राजनीतिक बैचारिक लाईन तिखार्नको लागी नेकपा (बहुमत) को नवौ राष्ट्रिय महाधिवेशन गर्दै छौ । यो महाधिवेशन बाट एक शक्तिशाली र क्रान्तिकारी पार्टीको आधार शिला निर्माण गर्ने छौँ ।

१. दर्शनको कार्यभार :

दर्शनको कार्यभारलाई पुरागर्न मार्क्सवादी दर्शनलाई सही तरिकाले बुज्न र लागू गर्ने क्रान्तिकारी बिचार, क्रान्तिकारी नेतृत्व, क्रान्तिकारी संगठनको निमार्ण गर्नु पर्दछ । अनि मात्रै मार्क्सवादी दर्शन प्रतिको बुजाई सही हुन्छ । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको नियमलाई एकता संघर्ष रुपान्तरणको नियमबाट अध्यान अनुसन्धान गर्ने विधी हो । त्यसकारणले आज वस्तुको अध्ययन, अनुसन्धान, संश्लेषण, ग्रहण र प्रयोग दर्शनको क्षेत्र हो । मानव समाजका नयाँ-नयाँ अध्ययन, अनुसन्धान, विकास र प्रयोग समाज विज्ञानको विषय हो । ब्रह्माण्डमा वस्तुको अस्तित्व व्यापक र विशाल छ । यसको अध्ययन, अनुसन्धान, नयाँ संश्लेषण र ग्रहण गर्ने क्रम जारी छ । र मानव समाजको विशेषता र गुणहरू पनि व्यापक र अनेक छन् जसको अनुसन्धान, संश्लेषण, ग्रहण र प्रयोग पनि निरन्तर जारी रहनेछ । यी दुवै विषयमा कुनै एक समयको अनुसन्धान र संश्लेषण नै अन्तिम र शाश्वत् रहिरहने विषय होइन् । यी अनुसन्धाननिय र खण्डननीय छन् ।

पदार्थ रूपान्तरणको कारण बाह्य होइन, भित्री हुन्छ । यो बाह्य यान्त्रिक शक्तिका कारणले हुँदैन बरु पदार्थभित्रको अस्तित्व दुई सघटकको प्रश्नमा आफ्नो भिन्न प्रकृति र परस्पर अन्तरविरोधी छन् । जसले एक अर्कासँग सघर्ष गर्नुका कारणले पदार्थको निरन्तर गति र विकास हुन्छ । यस प्रकारको गति रूपान्तरणका नियमको आविष्कारका परिणामस्वरूप ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद विश्व भौतिक एकताको सिद्धान्त विकास गर्न यसलाई प्रकृती र समाजको इतिहासमा विस्तार गर्न सक्षम छ । यो प्रक्रियामा आउन आधारभुत सिद्धान्त एकता संघर्ष रुपान्तरण नै मार्क्सवादी दर्शन हो । परन्तु सिद्वान्तको क्षेत्रमा जुन दार्शनिक प्रवर्तहरु छन् , तिनमा पनि यो नियम लागु हुन्छ । उदाहरणका लागी- पदार्थ र गती, पदार्थ र चेतना, कारण र कार्य, मात्रा र गुण, अन्तर्बस्तु र रुप, आवश्यकता र मौका, वास्तविकता र संभावना, सामान्य र विशेष आदी दार्शनिक प्रवर्गहरु एक अर्को विरोधी पक्षसंग घनिष्ठरुपले गाँसिएका छन् र ती खास परिस्थितिमा एक अर्कोमा बदलिन्छन्
प्रकृति र सामाजिक जीवनका हरेक क्षेत्रमा विरोधीहरुबिच एकता र संघर्ष रुपान्तरण पाइन्छ । हरेक विरोधी पक्षहरु आ–आफ्नो अस्तित्वका लागि परस्पर मिल्न बाध्य हुन्छन् । जीवन नभई मृत्यु हुन्न , मृत्यु नभई जीवन हुन्न। शोषक नभई शोषित हुन्न , शोषित नभई शोषक हुन्न , असामी नभई साहु हुन्न ,साहु नभई असामी हुन्न  राम्रो नराम्रो, नयाँ पुरानो, सत्य र असत्य, न्याय अन्याय, मालिक, नोकर आदि यसै कुराका उदाहरण हुन् । कुनै वस्तुमा क्रमिक विकास मात्र हुनु तर त्यसको स्वरुप र गुणमा कुनै फरक नदेखिनु मात्रात्मक परिवर्तन हो । फड्को मारेर त्यसको स्वरुप र गुणमै फरक देखिनु गुणात्मक परिबर्तन हो, पानी क्रमश, तातिदै जानु मात्रात्मक परिवर्तन हो । त्यतिखेर पानी त तात्दछ तर त्यो पानी नै हुन्छ र त्यसमा पानीकै गुण हुन्छ । जसै १००% से.ग्रे. तापक्रम पुग्छ , पानी उम्लेर बाफ बन्छ । त्यतिखेर पानी नै रहन्न, त्यसको स्वरुप र गुण पनि फेरीएर त्यस भन्दा बेग्लै बाफको स्वरुप र गुण देखिन्छ । यो गुणात्मक परिवर्तन भनेको बिपरितहरुको एकत्व हो। त्यसकारणले कम्युनिष्ट क्रान्तिकारी पार्टीभित्र सही र गलत पक्षबीच जुन अन्तरसंघर्ष चल्छ । त्यो एकता सघर्ष रुपान्तरणको प्रक्रियाबाट पार्टीको जिवन हुन्छ।

२. राजनीतिक बैचारिक कार्यभार :

आज राजनितीक बैचारिक कार्यभार लाई पूरा गर्न मार्क्सवाद-लेनिनवाद-माओवाद दर्शनले कम्युनिस्टहरूले सर्वहारा विश्वदृष्टिकोण अपनाउनुपर्ने आवश्यकतामा जोड दिन्छ। त्यसैले नेपालमा कम्युनिस्ट पार्टीका सदस्यहरू आम रूपमा निम्न पुँजीपति वर्गबाट आउँछन् । त्यसले गर्दा उनीहरूलाई सर्वहारा दृष्टिकोण अपनाउन गाह्रो पर्दछ र उनीहरूको विश्वदृष्टिकोण मुख्य रूपले निम्न पुँजीवादी प्रकारको हुन्छ । त्यसैले कम्युनिस्ट पार्टीमा निम्न पुँजीवादी प्रकारका कैयौं समस्या देखा पर्दछन् ।कम्युनिस्टहरूको विश्वदृष्टिकोण सर्वहारा विश्वदृष्टिकोण हो । कसैको दृष्टिकोण जाति धेरै सर्वहारा बन्दै जान्छ , उति उ सच्चा उ कम्युनिस्ट बन्दै जान्छ । कोही कम्युनिस्ट पार्टीको सदस्य वा उच्च स्तरको नेता बनिसकेपछि वा लामो समयसम्म कम्युनिस्ट पार्टीमा काम गरेपनि उसको दृष्टिकोण विकास भएन भने उ कम्युनिस्ट बन्न सक्दैन । माओले भने झै , कैयौँ मानिसहरू कम्युनिस्ट पार्टीको सदस्य भएपछि औपचारिक रूपमा त्यो कम्युनिस्ट बन्दछ । तर त्यो कति प्रतिशत कम्युनिस्ट बनेको छ । बेग्लाबेग्लै व्यक्तिहरूमा त्यसको प्रतिशत बेग्लाबेग्लै हुन्छ । हामीले प्रयत्न गर्नुपर्दछ। पार्टीका सबै सदस्यहरू सच्चा कम्युनिस्ट बन्नु । त्यसका लागि उनीहरूको दृष्टिकोणलाई सर्वहारा वा क्रान्तिकारी बनाउन विशेष प्रयत्न गर्नु पर्दछ। मार्क्सवाद-लेनिनवाद -माओवादले विश्वदृष्टिकोणलाई माथि उठाउन पर्ने आवश्यकतामा सधैं जोड दिदै आएका छन् । विश्वभरका मार्क्सवाद-लेनिनवाद- माओवादलाई आत्मासात गर्ने कम्युनिस्ट पार्टीका नेतृत्व ,कार्यकर्ता र पार्टीका सदस्यहरूमा उनीहरूको विश्वदृष्टिकोणलाई माथि उठाउन, त्यसलाई सर्वहारा वा क्रान्तिकारी बनाउन विशेष जोड दिनै पर्दछ । एउटा कम्युनिस्टमा कैयौं प्रकारका गुण, विशेषता वा क्षमता हुनुपर्दछ ।

कुनै कम्युनिस्टमा यसप्रकारका जति धेरै क्षमता हुन्छन् , उति नै पार्टी र क्रान्ति वा शोषित, पीडित जनताको बढी सेवा गर्न उ समर्थ हुन्छ। तर लेनिनले भनेका छन् एउटा कम्युनिस्ट वा क्रान्तिकारीको सबैभन्दा मुख्य गुण वा विशेषता यो हुनुपर्दछ निरन्तरता । त्यसको अर्थ हो एउटा क्रान्तिकारी जीवन भरि नै अर्थात् मृत्युको दिनसम्म आफ्नो सिद्धान्त र आस्थामा दृढ रहेर क्रान्तिको बाटोमा, मेहनत, जनता र क्रान्तिको सेवामा अगाडि बढिरहनु पर्दछ तर नेपालमा कम्युनिस्ट आन्दोलन भित्रका नेतृत्व कार्यकर्तामा यो देखिदैन बरु जन्म क्रान्तिकारी हुँदै जन्मिने र सत्ता नेतृत्वमा पुगे पछि प्रतिक्रान्तिकारी भएर मर्ने अबस्था जो छ । यो अवस्थालाई हामीले  नवौ राष्ट्रिय महाधिवेशन बाट मुक्ति बनाउन कोसिस गर्नुपर्ने   दायित्व हुन आएको छ। त्यसकारणले क्रान्तिकारी कम्युनिस्टहरुमा अरू सबै गुण वा क्षमताहरू भए पनि उसले कुनै उच्च प्रकारको क्रान्तिकारी उत्साह सक्रियता देखापर्ने  उच्च स्तरको त्याग बलिदान गरेपनि बीच बीचमा ढुलमुल वा अवसरवादी संसदीय संशोधनवाद देखाउँछ। त्यसको अर्थ त्यसप्रकारको कतिपयमा कमजोरी देखापरे पनि उसको दृष्टिकोणलाई बढीभन्दा बढी क्रान्तिकारी बनाएर उसलाई बढीभन्दा बढी रूपमा कम्युनिस्ट बनाउने र त्यसरी क्रान्तिकारी आन्दोलनलाई बढीभन्दा बढी सशक्त बनाउने प्रयत्न गनुपर्दछ । कोही कम प्रतिशत कम्युनिस्ट भएपनि उसको दृष्टिकोणलाई उठाएर वा उसलाई सक्रिय र अनुशासित पार्दै उसलाई बढीभन्दा बढी कम्युनिस्ट क्रान्तिकारी बनाउँदै लैजानु पर्दछ । अनि मात्रै बिश्वदृष्टिकोण  चिन्तन सक्रियता र कार्यविधिमा उति नै बढी स्थिरता र दृढता देखापर्दै जान्छ भने । अनि कम्युनिस्ट क्रान्तिकारी आफ्नो पार्टी जीवनमा वा क्रान्तिकारी सघर्षहरूका दौरानमा कैयौं प्रकारका बाधा कठिनाइ वा समस्याहरूको सामना गर्न सक्छ । त्यसप्रकारको कठिन समस्याबाट आत्तिएर कैयौँ कम्युनिस्टहरू पार्टी वा क्रान्तिको पदबाट पछाडि हट्ने गर्दछन् वा व्यक्तिगत स्वार्थ वा लाभका कारणले पनि क्रान्तिकारी मैदानबाट पछाडि हट्ने गर्दछन् । त्यसप्रकारका समस्या वा कठिनाइहरूको सामना गरेर नै एउटा कम्युनिस्ट स्पातिलो हुँदै जान्छ ।अनि मात्रै कहिल्यै र कुनै पनि अवस्थामा विचलित हुँदैन । परुन्तु क्रान्तिकारी चरित्रका कारणले नै सर्वहारा हजारौं वर्षदेखि कायम भएको शोषण प्रधान व्यवस्थालाई समाप्त गरेर बैज्ञानिक समाजवाद र साम्यवादी समाजको स्थापना गर्न समर्थ हुन्छ। कम्युनिस्ट क्रान्तिकारी सर्वहारावर्गको पार्टी हो।  त्यही वर्गको क्रान्तिकारी विश्वदृष्टिकोणलाई अपनाउनु पर्दछ। तर त्यो कार्य सजिलो छैन । पार्टीका धेरै नेतृत्व, कार्यकर्ता र सदस्यहरू निम्न पुँजीपति चिन्तबाट आएको हुनाले आफ्नो  वर्गीय चरित्रका कारणले उनीहरूलाई सर्वहारा विश्वदृष्टिकोण अपनाउनु कठिन हुन्छ । तैपनि हामीले कम्युनिस्ट क्रान्तिकारीहरूले बढीभन्दा बढी सर्वहार। विश्वदृष्टिकोणद्वारा दीक्षित देखाउदै लैजाने कोसिस यो हाम्रो नवौं राष्ट्रिय महाधिवेशनबाट गर्ने छौ।

३. सास्कृतिक क्रान्तिको कार्यभार :

आज नेपालमा सास्कृतिक क्रान्तिको आवश्यकता र महत्त्व बडेर गएको छ ।आज नेपाली क्रान्तिले धोका धडि उताब चडापबाट क्रान्तिले गोलचकमा फस्न पुगेको छ। यो अवस्थामा सर्वहारा सांस्कृतिक क्रान्तिलाई हामीले चीनमा कमरेड माओको नेतृत्वमा सञ्चालन गरिएको वैज्ञानिक समाजवादलाई रक्षा र विकास गर्ने सर्वहारावर्गीय क्रान्ति हो । र क्रान्ति समाजवादी सत्तामा रहेरै समाजवाद विरोधी प्रवृत्तिहरूलाई समाधान गर्नका लागि सञ्चालन गरिएको क्रान्ति हो। माओले नेतृत्व गरेको चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न गयो। नयाँ जनवादी सत्तालाई केही वर्ष सञ्चालन गरेर जब माओको नेतृत्वमा वैज्ञानिक समाजवमा प्रवेश गरिंदै थियो सन् १९५२ देखि नै तीन खराबी र पाँच खराबीहरू देखापर्न थाले । परन्तु बैज्ञानिक समाजवादमा प्रवेश गरेपछि पार्टी र सत्तामा गैरसर्वहारावर्गीय प्रवृत्ति अर्थात् पूँजीवादी प्रवृत्तिहरू देखापर्न पुगे । माओले पार्टीभित्र सच्याउन अनेक प्रयत्न गरे पनि ती सजिलै समाधान हुन सकेनन् बरु उल्टो परिणाम देखापर्न थाले । ल्यु साओ चीको नेतृत्वमा सन् १९५६ देखि ५८ सम्म चलेको आठौं राष्ट्रिय महाधिवेशनले माओ विचारधारालाई समेत हटाइदिन पुग्यो। जनमुक्ति सेनाका जनरलहरूलाई समेत प्रभावमा राखेर उपद्रोहरू मच्याइए । जब माओले सामान्य तरिकाले पार्टी र सत्तामा देखापरेका पूँजीबादी प्रक्तिलाई हल गर्न नसक्ने देख्नुभयो तब उहाँले बुर्जुवा हेटक्वटरमा बम वर्षा गर भन्ने नाराहरू दिनुभयो र सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्ने निर्णय लिनुभयो । यसरी हेर्दा सर्वहारा सांस्कृतिक क्रान्ति भनेको पार्टीमा हुर्किएको गैरकम्युनिस्ट एवम् पुँजीवादी प्रवृत्तिविरुद्ध लड्न सञ्चालन गरिएको वैचारिक एवम् राजनीतिक क्रान्ति थियो। यो वैज्ञानिक एवम् सर्वहारावर्गीय दृष्टिकोणको लडाई पनि थियो। यसको उद्देश्य कम्युनिस्ट पार्टीलाई वास्तविक कम्युनिस्ट पार्टीका रूपमा विकास गर्ने र वैज्ञानिक समाजवादलाई वास्तविक समाजबादमा विकास गर्ने तथा नागरिकहरूलाई वैज्ञानिक साम्यवादतर्फ अग्रसर गराउने रहेको थियो । माओको नेतृत्वमा सन् १९६६ देखि सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन भएपछि पार्टीभित्रको दक्षिणपन्थी अवसरवादी, पूँजीवादी प्रवृत्तिविरुद्ध निकै हदसम्म विजय प्राप्त भयो परन्तु पार्टीमा दक्षिणपन्थीविरोधी सङ्घर्षको आडमा लिन पियाओवादी प्रवृक्तिले जन्म लिन पुग्यो जो दक्षिणपन्थी प्रवृत्तिभन्दा पनि खतरनाक प्रकारले देखापरेको थियो। यो समर्थनको आडमा भौतिक हमला गर्ने स्तरमा देखापर्यो। यो प्रवृत्तिमा पूरै विजय हासिल गर्न नपाउँदै माओको निधन हुन पुग्यो र सांस्कृतिक क्रान्ति पूर्ण हुन पाएन। सांस्कृतिक क्रान्तिको अपूर्णता पछाडि पाटीभित्र परिपक्व क्रान्तिकारी नेतृत्व पंक्ति विकास हुन नसक्नु र दक्षिणपन्थी अवसरवादलाई रोक्ने वैज्ञानिक विधिको निर्माण हुन नसक्नुलाई देख्न सकिन्छ। परन्तु सांस्कृतिक क्रान्तिले सच्चा मालेमावादीहरूलाई पार्टी र समाजवादमा हुर्किने गलत प्रवृत्तिका विरुद्ध सघर्ष गर्ने र जनतालाई निरन्तर क्रान्तिमा अगाडि बढाउने विचार र दृष्टिकोण हाम्रो बिचमा छोडेर गएको अवस्था छ। परन्तु आज नेपाली समाज र कम्युनिस्ट क्रान्तिकारी पार्टी भित्र नेता र कार्यकर्ताहरुलाई भुमण्डलीकृत पुँजीवादी सांस्कृतिले आधुनिकताको चपेटामा पर्दै गएको छ । समाजका मानवीय मूल्यमान्यताहरू विचलित हुँदै गएका छन् । विचलनका कारणले सांस्कृतिको विकास मानवजीवन समाज नेपाली समाज र राज्य आदिलाई परिवर्तन गरि दिएको छ । परन्तु यो सास्कृतिले जनताका अधिकारहरू सुनिश्चित गर्ने  शान्त र समृद्ध अनुशासित समाजको निर्माण गर्ने दृष्टिकोण लाई सहयोग पुऱ्याउनेतर्फ नभई बाधा हाल्ने र भाँड्‌नेतिर भइरहेको छ । सांस्कृतिलाई नितान्त दलाली चाकरी स्वार्थी मुनाफावादी बनाउँदै लगिएको छ । क्षणिक फाइदाका लागि जे पनि गर्ने फोहोरी र उपयोगितावादी सांस्कृतिको विकास गरिदै लगिएको छ। परन्तु दलाल ससदीय पुँजीबादी राजनीतिक व्यवस्थाले सांस्कृक्तिलाई यथास्थितिवादी बनाइदिएको छ। अहिले चलिरहेको राज्यव्यवस्था ,आर्थिक क्रियाकलाप सामाजिक व्यवस्थालाई नै कायम राख्न तयार गरिएको सांस्कृति नै यथाथितिवादी सांस्कृति हो। यसले परिवर्तन विकास र समाजवादी गणतन्त्र सांस्कृतिको विकासलाई अस्वीकार गरिरहेको छ ।परन्तु यो सांस्कृति जनताको हित प्रगति र अधिकारको विरुद्धमा रहेको छ , त्यसैले यसको चरित्र दलाल पुँजीवादी  प्रतिक्रियावादी पनि छ।  वर्तमान सत्ता , सत्तासीन वर्ग र त्यसका संञ्चालकलाई नै सहयोग पुग्ने गरी सांस्कृतिहरूको निर्माण गर्न लगाइन्छ । यसले प्रगति र रूपान्तरणलाई नभई प्रतिक्रियावदी प्रवृत्तिलाई सघाउने गरिरहेको छ ।परन्तु आजको सांस्कृतिको अर्को खराबी र विशेषता भनेको यो हदै उपभोगवादी र प्रयोगवादी रहेका छ । जनता समाज राज्य आदिलाई फाइदा पुग्छ कि पुग्दैन त्यसले अग्रगमन र प्रगतिलाई सहयोग पुऱ्याउँछ वा पुऱ्याउँदैन भन्दा पनि आफूलाई र आफ्नो तप्कालाई स्वार्थपूर्ति हुन्छ। भने त्यसलाई प्रयोग गरिहाल्ने प्रवृत्तिका रूपमा यी फैलिंदै गएको छ। यसले समाज र राज्यमा अनेकौं विकृति पैदा गर्ने गरेको छ । यो सांस्कृति अप्राकृतिक र अराजकतावादी पनि छ । यतिसम्म कि गर्ने नहुने र पशुवत् खालका क्रियाकलापसमेत प्रदर्शन गरिरहेको छ । पुरुषले पुरुषलाई र महिलाले महिलालाई विवाह गर्ने पर्यावरण र प्राकृतिक हुने नाममा छाडा र अराजकतापूर्ण क्रियाकलाप संञ्चालन गर्ने ,पैसाको स्वार्थमा शरीर किनबेच गर्नेजस्ता कार्यहरू गर्ने गरिएको छ। परन्तु हाम्रो पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले भुमण्डलीकृत पुँजीवादी सांस्कृतिलाई बिस्तापन गर्ने बैज्ञानिक समाजवादी सांस्कृतिको बिकाशमा जोड दिदै  कम्युनिस्ट पार्टीलाई सर्वहारावर्गको सचेत र नेतृत्वदायी पार्टीका रूपमा विकास गरिरहन र विगतका असफलताहरूलाई समाधान दिन वैज्ञानिक समाजवादी दृष्टिकोणलाई आत्मसाथ र प्रयोग गर्दै। बैज्ञानिक समाजवादी सांस्कृतिक क्रान्तिको मार्गनिर्देशन नै आजको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण आधार बनाउनु आजको आवश्यकता हो ।

४. संगठनात्मक कार्यभार :

आज संगठनात्मक कार्यभार भन्नाले लेनिनले भन्नू भएको छ कि सही सिद्धान्त, सही राजनीतिक लाइनपछि सगठनात्मक नीति सही हुनुपर्ने आवश्यकतामा विशेष जोड दिएका छन् । त्यस सिलसिलामा सगठनात्मक प्रणालीमा लेखिएको छ । कम्युनिस्ट पार्टीमा सही सिद्धान्त सही राजनीतिक लाइनको निर्धारणपछि सही सगठनात्मक नीतिले निर्णयात्मक महत्त्व राख्दछ । पार्टीको सिद्धान्त र राजनीतिक लाइन सही भइसकेपछि पनि सगठन सही र शक्तिशाली हुँदै जान्छ त्यस पछि पार्टीले आफ्ना सिद्धान्त र राजनीतिक लाइनलाई कार्यान्वयन गर्दै लैजान्छ । त्यसैले लेनिनले पार्टीको सही सिद्धान्त राजनीतिक लाइन निर्धारण गरेपछि सही सगठनात्मक नीति अपनाउनुपर्ने र शक्तिशाली सगठन निर्माणको कार्यले निर्णयात्मक महत्त्व राख्ने कुरा भन्नू भएको छ । लेनिनवादी सगठनात्मक सिद्धान्तहरूको विकास कसरी भयो । मार्क्स- एगेल्सको मार्क्सवादी दर्शन, राजनीति र अर्थशास्त्रको क्षेत्रमा महत्त्वपूर्ण योगदान रहृयो।  तर सगठनात्मक प्रणालीका क्षेत्रमा महत्त्वपूर्ण देन लेनिन र माओको नै रहृयो । उनले यो कुरामा जोड दिए कि कम्युनिस्ट पार्टी शोषित, उत्पीडित जनताको पार्टी भएपनि कम्युनिस्ट पार्टीमा उनीहरू मध्ये अग्रगामी ब्यक्तिहरु नै पार्टीका सदस्यहरू बन्नु पर्दछ । त्यसप्रकारका अग्रगामी ब्यक्तिहरू आम जनताभन्दा बढी सचेत अनुशासित र जुझारु हुन्छन् ।
परन्तु लेनिनवादी संगठानिक विधि भनेकै जनवादी केन्द्रीयता र छलफलको स्वतन्त्रता तथा काम काबाहीमा  एकरुपताको सिद्धान्तहरूलाई पालना गर्नु पदर्छ ।  अनि अग्रगामी र अनुशासित सदस्यहरूद्वारा निर्देशित पार्टी नै क्रान्तिकारी पार्टी बन्न सक्दछ। त्यो भएको हुनाले लेनिनवादी सगठनात्मक सिद्धान्तहरू जनवादी केन्द्रीयता र छलफलको स्वतन्त्रता तथा काम कारबाहीमा एकरुपताको प्रकृति द्वन्द्वात्मक हो । परुन्तु सामान्य मानिसका लागि ती सिद्धान्तहरूलाई पालन गर्नु कठिन छ। सामान्य मानिसहरूले आफ्नो इच्छा भएका कामहरू नै गर्न चाहन्छन् र त्यस्तो काम गर्न नै उनीहरूलाई सजिलो लाग्दछ । तर आफ्नो इच्छाका विपरित काम गर्न उनीहरूलाई अप्ठ्यारो लाग्दछ । जनवादी केन्द्रीयतामा जनवादको अर्थ आफ्नो इच्छाअनुसार काम गर्नु हुन्छ भने केन्द्रीयताको अर्थ आफ्नो सहमति नभएपनि महाधिवेशन केन्द्रीय समिति उच्च समिति वा बहुमतको निर्णय वा निर्देशनलाई मानेर काम गर्नु हुन्छ । त्यसै गरेर छलफलको स्वतन्त्रता र काम कारबाहीमा एकरुपता छलफलको स्वतन्त्रतामा उनीहरूको इच्छाअनुसार मत प्रकट गर्नु हुन्छ । तर काम कारबाहीमा एकरुपता भनेको आफ्नो सहमति नभएपनि बहुमतको निर्णयमा एकता कायम गर्नु हुन्छ । त्यसरी केन्द्रीयता वा एकताका पक्षमा काम गर्नु भनेको आफ्नो इच्छाका विरुद्ध काम गर्नु पनि हुन्छ । सामान्यत मानिसहरूको झुकाव जनवाद र छलफलको स्वतन्त्रतामा नै हुन्छ र आफ्नो इच्छाका विपरित केन्द्रीयता वा कामको एकताको प्रणालीलाई कार्यान्वयन गर्न अप्ठ्यारो हुन्छ । तिनीहरूको पालना नगर्दा पार्टीमा प्रायश अनुशासनविहीनताको स्थिति उत्पन्न हुन्छ । परन्तु पार्टीमा कसैलाई उम्मेदवार सदस्य बनाएदेखि नै उनीहरूलाई सिद्धान्त र राजनीतिक लाइनका साथै मार्क्सवादी – लेनिनवादी-माओवादी सगठनात्मक सिद्धान्तबारे लगातार प्रशिक्षण दिने प्रयत्न गर्नुपर्दछ । पार्टीमा अनुशासनको पालना भएको छ वा छैन । त्यसबारे उदारवादी नीति नअपनाएर लगातार र कडाइपूर्वक निरीक्षण गर्दै अनुशासनलाई कायम राख्नु पर्दछ । यति यो विधि नअपनाउने हो भन्ने उदारवादी वा उपेक्षाको नीतिबाट पार्टीको क्रान्तिकारी चरित्र पार्टीभित्रको अनुशासन र एकतामा धेरै नै क्षति पुग्ने सम्भावना रहन्छ। मार्क्सवादी- लेनिनवादी -माओवादी  सगठनात्मक प्रणालीले पार्टीभित्र देखापर्ने मतभेद र विरोधका बीचमा पनि सन्तुलन कायम राख्नुपर्ने आवश्यकतामा जोड दिन्छ । पार्टीको विधानले सबै पार्टी सदस्यहरू वा तल्ला समितिहरूलाई पार्टीका उच्च समिति वा नेतत्त्वको आलोचना गर्ने वा मतभेद राख्ने अधिकार हुन्छ। तर त्यसप्रकारको आलोचना वा मतभेद स्वेच्छाचारी प्रकारले प्रकट गर्न पाइन्न तर पार्टीको विधान र अनुशासनअन्तर्गत रहेर नै गर्नु पर्दछ । त्यसको अर्थ हो सबै सदस्यहरूलाई आफ्ना समितिमा नै त्यसप्रकारको आलोचना वा मतभेदको अधिकार हुन्छ । तल्ला समिति वा पार्टी बाहिर आफ्ना मतभेद वा आलोचना लैजान पाइन्न । तर कतिपय अवस्थामा पार्टी सदस्यद्वारा ती नियमहरूको उल्लङ्घन गरेर आफ्ना मतभेदहरू वा आलोचनाहरू तल्ला समितिमा असम्बन्धित सदस्यहरूमा तथा पार्टी बाहिर सार्वजनिक रूपमा पनि लैजाने गरिन्छ ।

अनुशासन उल्लङ्घनसम्बन्धी बढी कार्यहरू यही विषयमा हुने गरेका छन् ।त्यसो गर्ने कार्य पार्टीका विधान र अनुशासनका विरुद्धको कार्य तथा अनुशासनविहीनता हो । त्यो बाहेक लुजटक, व्याकवाइटिङ हुने र पिठ्युपछाडि असम्बन्धित स्थानहरूमा कुरा गर्ने वा विस्परिङ गर्ने पनि गर्ने गरिन्छ । यसप्रकारका कार्यहरू पनि पार्टीको विधान नियम वा अनुशासनका विरुद्धका कार्यहरू हुन् ।यस प्रकारका पार्टी नेतृत्व र सदस्यहरूले  कारवाहीमा परेपछि आफ्नो गल्तीलाई सुधार्नेभन्दा असन्तुष्ट हुने , बदलाको भावना लिने र झन्बढी अनुशासनविहीन कारवाही गर्ने पनि गरेको पाइन्छ । कुनै कमजोरी नगर्न पार्टीका सबै साथीहरूले ध्यान दिनुपर्ने आवश्यकता छ । सगठनात्मक जब पार्टी नेतृत्वले सिद्धान्त र राजनीतिक लाइनमा गम्भीर प्रकारको गल्ती गर्दछ र पार्टी भित्रको छलफल वा आन्तरिक प्रक्रियाद्वारा त्यसलाई सुधार्ने कुनै सम्भावना हुँदैन, त्यो अवस्थामा तल्ला समिति वा पार्टी समितिहरूलाई पार्टी नेतृत्वका विरुद्ध विद्रोह गर्ने अधिकार हुन्छ । तर कसैको पार्टीको सिद्धान्त, कार्यक्रम, राजनीतिक लाइन र विधान समेतमाथि विश्वास भएपछि नै उसले पार्टीमा प्रवेशका लागि आवेदन दिन्छ र उसलाई पार्टीमा प्रवेश दिइन्छ। तर त्यो कडी टुटेपछि उ पार्टी सदस्य भइरहन न सम्भव हुन्छ, न उचित नै त्यसैले कुनै पनि नेता र कार्यकर्तालाई मुल नेतृत्वले सनकको भरमा कारबाही गर्न सक्दैन वा नवौं महाधिवेशनले पार्टी संगठनात्मक विधि बिधानमा चल्ने बनाउनु पदर्छ ,वा पुराना लुकनहरुको अन्त्य गर्दै संगठनात्मक दृष्टिकोण लाई स्पष्ट गर्ने छौ ।

५. सयुँक्त जनसंघर्षको कार्यभार :

आज बिश्वका पुँजीवादी र भुमण्डलीकृत साम्राज्यवादीहरुले २१औं शताब्दीको सयुँक्त  युद्ध लड्नु परिरहेको छ , जहाँ पुँजीवादी र साम्राराज्यवादी वर्ग आफ्नो प्रतिद्वन्द्वी विरुद्ध कथित लोकतन्त्रको आड लिएर साइवर र मानवरहित ड्रोन हमला गरिरहेको छ । तर यी सबै युद्वहरु नाफा आर्जनको एक मात्र उद्देश्यद्वारा अन्य देशहरुको सार्वभौमिकता माथि हमला गर्नु, उत्पीडित जाति, क्षेत्र र समुदायलाई सम्प्रदाय समेत उक्साएर प्रत्येक देशका जनताहरुलाई युद्धमा धकेल्नु पुँजीवादी साम्राज्यवादी  वर्गको पतनशील दृष्टिकोण र राजनीतिक रुपमा पराकाष्ठा हो। यसखाले युद्धबाट पुँजीवादी  वर्गलाई अन्तिम परिणाममा कहीं पनि नाफा भएको छैन । बरु एक पछि अर्को पराजय भोग्नु परेको छ । बरु बिश्वका तमाम देशाहरुले बाट भाग्नु परेको अवस्था छ। परन्तु हामीले यो भुमण्डलीकृत साम्राज्यवाद र पुँजीवादीले लगेको देश , जनतालाई गरेको अराध माथि बिजय गर्नाको लागि र देश ,जनताको मुक्ति लाई सुनिश्चित गर्न हामी क्रान्तिकारीहरुले मालेमावादी पद्धतिलाई राम्रोसँग आत्मसात गरेर नै आजको क्रान्तिकारी सयुँक्त जनसघर्ष ,जनप्रतिरोध संघर्ष र आम बिद्रोह या लामो समय सम्मको बर्गसघर्ष हुन्छ ।त्यसमा पनि नेपाली क्रान्तिकारीको  रणनीति र कार्यनीतिलाई स्पष्ट बनाउन हामीले सघर्षका सामान्य नियमहरुको मात्र होइन बरु क्रान्तिकारी जनसंघर्षका विशेष नियमहरुको बिश्वका क्रान्तिकारी सयुँक्त क्रान्तिको विशेष नियमहरुको खोज गर्दै नेपालमा क्रान्तिकारी संघर्षको सयुँक्त कार्यभारलाई पुरा गर्न हाम्रो नवौं राष्ट्रिय महाधिवेशनले पहल कदमी लग्ने छ।परन्तु यो नवौं राष्ट्रिय महाधिवेशनले सयुँक्त जनसघर्षको लागि नेपालको भूगोलको राम्रोसँग अध्यान अनुसन्धान गर्दै फौजी ज्ञानको खोज गर्न तिर लाग्नु पर्दछ। त्यसको लागि नेपालको भौगलीक अवस्थाको छनौट जस्तै हिमाल, पहाड र तराइमा विभाक्त भएको भुगोल र सामाजिक बनौट र वर्ग आधार पनि विविधतापूर्ण छ । हिमाली क्षेत्रमा प्रतिक्रियावादी सत्ताको पहुँच अझै पनि कमजोर छ । त्यहाँको बसोवासमा श्रमजीवी जनताको अत्यधिक बाहुल्यता रहेको छ । पहाड र तराईको अधिकांश ग्रामीण इलाकामा श्रमजीवी वर्गकै बाहुल्यता रहेपनि शहरहरु , केन्द्रीय राजधानी र प्रदेशिक राजधानी, जिल्ला, नगर ,गाउँ, वडाहरुमा बिभाजन भएको छ । परन्तु त्यसकारणले  राज्यको राम्रो पहुँच र वर्गीय दृष्टिले निम्न मध्यम , मध्य र उच्च वर्गको बसोबास रहेको छ । यसर्थ हिमाल, पहाड र ग्रामीण इलाकाको अधिकांश भू-भाग क्रान्तिको तयारी र सञ्चालनको लागि अग्रभागीय क्षेत्रहरु हुन् भने ठुल ठुल्ला शहर, सदरमुकाम र राजधानीहरु र केही गाउँपालिका  लाई पृष्ठभागीय क्षेत्रहरु हुन्। तर सयुँक्त जनसंघर्षका दृष्टिले भने ग्रामीण इलाकाहरु पृष्ठभाग हुन् भने ठुल्ला शहर, सदरमुकाम र प्रदेश राजधानीहरु केही गाउँपालिका ,केही वडाहरु र केही उघोगहरु र केही घनत्व भएका बस्तीहरु लाई अग्रभागलाई सयुँक्त जनसघर्ष लाई तिब्रतामा लग्न सकिन्छ । परन्तु त्यसका लागि सयुँक्त संगठनको निमार्ण गर्नुपर्ने हुन्छ । यो पंक्ति निर्माण गर्नाको लागि पार्टी केन्द्रीय सदस्य र युवा, बिधार्थी, अरु जबस मोर्चाहरुको अनिवार्य तीन उम्मेर समुहका कमरेडहरुलाई निरन्तर क्रान्तिको सिद्धान्त र फौँजि दृष्टिकोण बाट भरि पुर्ण बनाउन आजको आवश्यक छ । दलाल संसदिय पुँजीवादी राज्य र जनता बिचको  अन्तरविरोध वित्तिय शोषण बन्न गएको छ। वित्तीय शोषणका विरुद्ध सयुँक्त जनसंघर्ष एक नम्बरमा राखेर अगाडी बढनु पर्दछ।अन्याय भ्रष्टाचार , राष्ट्रिय स्वाधीनता र मिटर ब्यजी ,शिक्षा ,स्वास्थ्य लगायतका मुद्दाहरुमा नवौं राष्ट्रिय महाधिवेशनले पेचिलो सयुँक्त जनसघर्ष गर्ने दृष्टिकोण निमार्ण गर्ने छ ।

परन्तु अर्थनियंत्रित सिद्धान्त ,विचार , राजनीतिको आधारमा सयुँक्त  जनसंघर्ष गर्नु हुदैन। बरु पार्टीको आत्मगत र वस्तुगत अवस्थाको द्वन्द्वात्मक सम्बन्धलाई ख्याल गर्दै चरणबद्द सयुँक्त जनसंघर्ष गर्ने नेता, कार्यकर्तामा क्रान्तिकारी क्षमताको विकास क्रान्तिकारी कम्युनिस्ट पार्टी भनेको संख्या भन्दा गुणमा विश्वास गर्ने पार्टी हो। त्यसकारण हामिले आज क्रान्ति र बर्गसंघर्ष गर्ने सक्षम नेता कार्यकर्ताको विकास गराउन पार्टीले सैद्धान्तिक वैचारिक स्कुलिङ र शारीरिक तालिम दिन शृङ्खलाबद्ध कार्यक्रम  संचालन गर्नु पर्छ। यसले मात्रै संगठन र संघर्ष बिचको अन्तरबिरोधलाई हल गर्ने दिशा तिर लैजान्छ। साथै हामीले पनि सयुँक्त जनसंघर्षका ईलाका हरुको छनौट गर्नु पर्दछ । ती छनौट भएका  ईलाकाहरुमा जनताका समस्याहरुलाई अध्यायन अनुसन्धान गरी लामो समय सम्म  संघर्षलाई केन्द्रत गर्नुपर्दछ । ती सयुँक्त जनसंघर्षहरु साना साना संघर्ष बाट सुरूआवाद गर्दै क्रान्तिको मार्गचित्र कोर्न सक्ने नवौं राष्ट्रिय महाधिवेशनबाट दृष्टिकोण को बिकाश साथै योजना निमार्ण गर्ने कार्यभार पुरा गर्ने छ।

निस्कर्स :

नवौं राष्ट्रिय महाधिवेशनमा थलोमा हामी सहभागी भइरहेको छौं।तर हामीले नवौं  महाधिवेशन बाट धेरै प्रश्नको उतर दिनु पर्ने छ। के क्रान्तिकारी आन्दोलनमा देखा परेका समस्याहरुलाई समाधान दिन सक्छ कि सक्दैन भनेर हामीलाई क्रान्तिकारीहरु र आम जनसमुदायले हाम्रो नवौ महाधिवेशनलाई हेरेका छन ।परन्तु हामीले बिघटन बनाएको माआवादी आन्दोलनलाई पुर्नगठन गर्दै ,निराशालाई आशामा बदल्ने छौ।   परन्तु बिचलित ,विघटन,क्षति, पीडा आदि र हामीले चलाएका कठिन तर निर्णायक सघर्षहरू र प्राप्त गरेका सफल परिणामबाट राजनीतिक आन्दोलनलाई अवलोकन गर्दा विज्ञानको मार्ग पकडेमा पीडाहरू गौरवको जननी बन्न सक्छन्, पराजयहरू विजयका आधार बन्न सक्छन् भन्ने महसुस हुन्छ ।हामीले नेपालको असफल क्रान्तिलाई बिजयको झण्डा फहराउने   कोसिस गर्ने छौ । र नेपालमा जनताको सत्ता वैज्ञानिक समाजवादी गणतन्त्र स्थापना गर्दै नेपाली जनता र देशलाई मुक्त गर्नु छ। साथै दर्शन, राजनितीक बैचारिक, संगठनात्मक र सयुँक्त जनसघर्ष र वैज्ञानिक समाजवादी क्रान्ति पुरागर्ने कार्यभारलाई ऐतिहासिक नवौं  राष्ट्रिय महाधिवेशनले इतिहासले सुम्पिएको गौरवपूर्ण जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने छ ।