नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प : केन्द्रविन्दु चीनको दिङ्गे

काठमाडौं, चीनको दिङ्गे केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ५० मिनेटमा शक्तिशाली भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प ७ म्याग्निच्यूडको हो।

भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिब्बतको पर्छ। भूकम्पको महशुस काठमाडौंमा समेत गरिएको थियो।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ ।