प्रेस सेन्टर नेपाल जानकी गाउँपालिकाको अध्यक्षमा समीर शेष

बाँके, प्रेस सेन्टर नेपाल जानकी गाउँपालिक बाँकेको अध्यक्षमा समीर शेष चयन भएका छन । जानकी गाउँपालिकाको प्रथम सम्मेलनबाट अध्यक्षमा समीर शेष चयन भएका हुन ।

सम्मेलनले जानकी गाउँपालिकाको अध्यक्षमा समिर शेष, उपाध्यक्षमा सुष्मा काँदु, गोबिन्द कुर्मी, सचिव मनोज कुमार तमोली, सहसचिव महेश यादव, कोषाध्यक्ष राजेश धोबि, सदस्यहरुमा क्रमश उमेशकुमार धोबी, कृष्ण बढही, बिजय कादुँ, इस्लाम भाट, अर्जुन,अजित यादव र संजय पासीको नेतृत्वमा सर्वसम्मत १२ सदस्य समिति चयन गरेकाे प्रेस किस्मत अलिशेषले बताएका छन ।

पालिका सम्मेलनलाई सम्बोधन गर्नुहुदैँ नेकपा (माओवादी केन्द्र) बाँकेका सचिव डिल्ली प्रसाद बरालले दलिय राजनीति वातावरणमा नेपाली प्रेस विभाजित हुनु स्वभाविक भएपनि प्रेसले मुलुक र जनताको पक्षमा कलम चलाउनुपर्ने कुरामा जोड दिए ।

सम्मेलनमा बोल्दै निति तथा परामर्श समितिका सदस्य सुशील लामिछानेले प्रेस सेन्टर जनताको पक्षमा काम गर्ने एक मात्र सङ्गठन रहेको भन्दै थप सशक्त भएर पत्रकारितामा अघि बढ्न आग्रह गरे ।