त्रिबिको जग्गा छानबिन समितिद्वारा तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग
काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) द्वारा त्रिभुवन विश्वविद्यालय जग्गा छानबिन समितिले प्रधानमन्त्री केपि शर्मा ओलीलाई विश्वविद्यालयको जग्गा अपचलन बारे बुझाईएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
संगठन केन्द्रीय अध्यक्ष बिरेन्द्र शाहले विहिवार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिदैं विश्वविद्यालयको जग्गा अपचलनबारे प्रधानमन्त्री ओलीलाई बुझाईएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।
नेपाल सरकारद्वारा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित‘त्रिभूवन विश्वविद्यालयको जग्गा तथा सम्पती छानविन समिति’ले त्रिविको जग्गा देखी अन्य पूर्वाधारका सम्पतीको खोजबिन गरेको थियो ।
धिताल बिचमै अस्वस्थ भएपछी महेन्द्रकुमार थापालाई संयोजक बनाईएको थियो । मन्त्रिपरिषद्ले गत जेठ १७ गते समिति बनाउने निर्णय गरेको थियो । उक्त प्रतिवेदन कार्यान्वयन नहुने आशन्का बढिरहेको छ ।
उक्त प्रतिवेदन सार्वजनिक गरि कार्यान्वयनको चरणमा लैजानका लागी दबाब स्वरुप अखिल (क्रान्तिकारी) ले उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरेेको हो ।