स्थानीय तह उपनिर्वाचन : कुशेको वडा नं ७ मा त्रिपक्षिय भिडन्त

जाजरकोट, मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन जाजरकोटको कुशे गाउँपालिकाको को वडा नं ७ मा त्रिपक्षिय भिडन्त हुने भएको छ । काँग्रेस, एमाले र माओबादी उम्मेद्वारबिच त्रिपक्षिय भिडन्त हुने भएको हो ।

उपनिर्वाचनको समय तोकिएसँगै दलहरु चुनावको तयारीमा लागेका छन् । सोही अनुसार नेकपा माओबादी केन्द्र,नेपाली कांग्रेस र नेकपा एमाले कुशे गाउँपालिका वडा नं ७ का अध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ ।

जस अनुसार माओबादी केन्द्रबाट गोरख बहादुर नेपाली, नेपाली काँग्रेसबाट खम्ब बहादुर सिंह र नेकपा एमालेबाट डम्बर बहादुर घर्तिलाई वडा अध्यक्ष पदका लागि उम्मेदवार टुङ्गो लगाएको हो ।

०७९ वैशाख ३० को निर्वाचनमा कुशे गाउँपालिका ७ मा माओवादी केन्द्रका मनबहादुर घर्ती ३८० मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका खम्ब बहादुर सिंहले ३१८ मत पाएका थिए ।

त्यस्तै जिल्लाको नलगाड नगरपालिका उप प्रमुख र कुशे गाउँपालिका वडा नं ७ मा वडा अध्यक्ष पदका लागि स्थानीय तहमा चुनाव हुँदैछ । एक नगर–उपप्रमुख, र एक वडा वडाध्यक्ष सहित जाजरकोटमा उप निर्वाचन हुन लागेको हो ।

०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको गत वर्ष भूकम्पमा परी मृत्यु भएपछि र कुशे ७ का वडाअध्यक्ष मनबहादुर घर्ती हृदयघातका कारण निधन भएपछि उक्त पद रिक्त छन् ।