कुशे गाउँपालिका अध्यक्ष बस्नेतको दादागिरी

खलंगा, जाजरकोटको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले आफुसंग भएको बन्दुकले नागरिकलाई तर्साउने गरेको पाइएको छ । अध्यक्ष बस्नेतले आफुसंग लाइसेनस प्राप्त बन्दुक भएको र आवश्यक परे प्रयोग गर्ने भन्दै धम्क्याउने गरेका हुन । अध्यक्ष बस्नेतले बन्दुकको रावाफ देखाउन थालेको खासै नयाँ घटना भने हैन ।


हातपात र कुटपिटमा निरन्तरता…

उनले हालै मात्र एकजनालाई हातपात समेत गरेका छन् । केहि बर्ष पहिले अध्यक्ष हुदा कुशे ६ कै धन बहादुर रोकायालाई समेत आफ्नै कार्यकक्षमा हातपात गरेका थिए । कार्यालय सहयोगी रोकायलाई जागीरबाट निकालि दिएका समेत थिए ।

गाउँपालिका अध्यक्ष बस्नेतले कुशे ६ का प्रकाश आरसीलाई हातपात गरेको आरोप लागेको छ । आर्थिक लेनदेनको बिषयलाई लिएर कुशे ६ का आरसीलाई कुटपिट गरेको प्रकाशकी श्रीमती यमुना रोकायले  आरोप लगाइन् । उनले भनिन् निर्वाचनका बेला उहाँको टिमले हाम्रो होटलमा खाना खाएको पैसा माग्न जाँदा ढोका लगाएर कुटपिट गरे । करिब ८० हजार लिनु थियो उनले भनिन् निर्वाचनका बेला उहाँको टिमले हाम्रो होटलमा खाना खाएको पैसा माग्न जाँदा ढोका लगाएर कुटपिट गरे । अध्यक्षले हातपात गर्दा प्रकाश आरसीको दाँत भाचिएको र हात खुटामा चोट लागेको बताइएको छ ।

कुटपिट गरेपछि बस्नेतले हतियार देखाउदै आफुले कुटपिट गरेको कुरा बाहिर हल्ला गरे मारिदिने धम्की समेत दिएको पिडित प्रकाश आरसीले बताए ।
आरसीले भने बढि हल्ला गरे तँ मर्छस यो भन्दा बाहिर कतै नभनेस भनेर धम्क्याए । उनले पैसा माग्न जाँदा हतियार देखाएर आफुलाई मारिदिने धम्की दिएको बताए । उनले आफ्नो पैसा माग्न जाँदा हतियार देखाएर आफुलाई कुटेको बताए ।

धकेलेको हुँ कुटेको हैन ः अध्यक्ष बस्नेत

कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले भने आफुले हातपात नगरेको दावी गरेका छन । उनले भने चाडबाडको बेला (मापसे) मादक पदार्थ सेवनगरेर कोठा भित्र पसेर हल्ला गरेपछि बाहिर धकेलेको हुँ धकेल्दा केहि भयो होला तर कुटेको होइन । मेरो आफन्त हो उनले भने माफसे गरेर कोठा भित्र पसेकोले बाहिर धकेल्दा समान्य केहि भयो होला अरु केहि होइन् ।