जहाँ भेटिन्छ मनको शान्ति कुमाख लेख
बुकीले ढपक्क ढाकेर बेहुली जस्तै सिंगारिएको अग्लो पहाडको थुम्को । टुप्पोमा आत्म शान्तिको प्रतिक मन्दिर । यत्रतत्र रंगीचंगी फूलै फलको बिस्कुन । सर्बत्र सजाएर राखिएको जस्तै थुम्का–थुम्का परेको कुहिरो मण्डल । थरिथरिका जडिबुटीको मग्न बास्ना, यो हो कुमाख लेक ।
सल्यानको सदरमुकाम खलंगाबाट करिब ८ घण्टा पैदल हिडेपछि कुमाख लेक पुगिन्छ । जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थालका रुपमा रहेको कुमाख लेक जिल्लाकै दोस्रो अग्लो लेक पनि हो ।
सिद्ध कुमाख गाउँपालिका र कुमाख गाउँपालिकाको शिर बिन्दुमा रहेको कुमाखको सौन्दर्यता मायावी जादुको छडी हाने झै लाग्छ ।
समुन्द्री सतहबाट २५ सय ३७ मिटरको उच्चाईमा अवस्थित कुमाख लेकको टुप्पोमा पुगेपछि जो कोहीलाई लाग्छ पृथ्वीको अलौकिक स्वर्ग यहि हो । हरियो पहाडको टुप्पोबाट देखिने दृश्यले कसको मन लोभ्याउदैन होला र ? मध्य तथा सुदुरका बिभिन्न जिल्लाका भु–भागसंगै भारतको रुपैडियाको आगन हेर्न पाइन्छ ।
अहिले कुमाखको फेदमा सडक पुगेकाले यहाँ पुग्न केहि सजिलो भने भएको छ । तर सडक पुगेको स्थानबाट यहाँ पुग्न करिब २ घण्टा पैदल हिड्नुपर्छ । जङ्गलै जङ्गलको बाटो पैदल मार्ग हुदै यात्रा गर्दा उच्च पहाडि जङ्गलमा पाईने जडिबुटी बिभिन्न जातजातिका फलफुल, वनस्पति ,चराचुरुङ्गि र वन्यजन्तु संगै मुस्कुराईरहेको प्रकृतिले जो कहिलाई मोहित बनाउछ ।
कुमाख लेकसम्म पुग्न फेददेखि करिब १७ सय मिटर पैदलमार्गमा सिढी निर्माण गरिएको भएपनी प्रयाप्त भनै छैन । कोजाग्रत पुर्णिमाको दिन मन्दिरदेखि करिब १ कि.मि तल समथर भु–भागमा सल्यान जिल्लाकै ठुलो मेला समेत लाग्ने गर्दछ । मेलामा मौलिक लोक संस्कृति बोकेका थुप्रै नाचहरु पनि देख्न सकिन्छ । मेला हेर्न सल्यान संगै रोल्पा, रुकुम, जाजरकोट,सुर्खेत, बाँके, बर्दिया, दाङ्ख लगाएतका जिल्लाबाट दर्शानार्थीहरु आउने गर्दछन ।
कर्णालीमा पर्यटनको प्रचुर संभावना भएका सयौं स्थान छन् तर, अधिकांश ओझेलमा छन । संभावनाको नाभीमा बास्ना लुकाएर अन्तै सुगन्ध खोज्नुपर्ने बाध्यताबाट सल्यान पनि अछुत छैन । सरकारी उदासीनता र भौगोलिक जटिलताले कर्णालीका सम्भावनाहरू सधैं ओझेलमा परेका छन । कुमाखको पयर्टन पर्वद्धन, व्यवस्थापनमा जस्ता कुरामा ध्यान दिने हो भने सल्यानको समृद्धिको काँचुली फेर्न समय लाग्ने छैन ।
भिडियो कथा