मुगुका अधिकांश महिला पाठेघर खस्ने समस्याले आक्रान्त
मुगुको दुर्गम क्षेत्रका महिलाहरु पाठेघर खस्ने समस्याले वर्षौंदेखि आक्रान्त हुँदै आएका छन् । आर्थिक समस्याले समयमा उपचार गर्न नसक्दा रोग लुकाउनुपर्ने बाध्यतामा छन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ की हिरा बिकलाई ९ वर्ष देखि आङ्ग (पाठेघर) खस्ने समस्याले सताईहेको छ । उपचारको लागी स्वास्थ्य संस्थामा पटक पटक पुगिसक्नु भयो । तर विपन्नकै कारण सुबिधा सम्पन्न अस्पतालमा जान नसक्दा वर्षौदेखि रोग लुकाएर बस्न बाध्य हुनुहुन्छ ।
ग्रामीण भेग क्षेत्रका महिलाहरु लाजले गर्दा यसको बारेमा खुलेर बोल्न सक्दैनन् । पाठेघर खस्ने समस्या मुगुका प्रत्येक गाउँका महिलाहरुमा छ । सानै उमेरका बिबाह गर्ने परिपक्क उम्मेर नहँुदै बच्चा जन्माउने गर्नाले पनि महिलाहरुमा यो समस्या बढी देखिएको छ ।
धुवाँ धुलो अस्वस्थकर खानपान चिसोले दमरोगका बिरामीको संख्या पनि उत्तिकै छ । पाठेघर खस्ने र दम रोग अत्यधिक रहेकोमा कुनै सरोकारवाला निकाय त्यति गम्भीर भएको पाइँदैन । मुगुका महिला पाठेघर खस्ने पीडाले जीवन जोखिममा राखेर बस्न बाध्य छन । रुगा गाउँका महिलामा अधिकांशमा दम रोग र पाठेघर खस्ने समस्याबाट पीडित छन् ।