कथा सिंजाका : ओझेलमा ‘खस राज्य’ को इतिहास
कर्णालीमा साच्चिकै धर्तीकै ‘स्वर्ग’ देख्न पाइन्छ । स्वर्गकी अप्सरा उपनामले चिनिने रारा होस हो त विश्वकै अग्लो मानव बस्ती रहेको धो तराफ
देखी जिबनबटी फल्ने पाटनहरु यति मात्रै होइन नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा, भगवान शिवको बासस्थान कैलाश मानसरोवरको दर्शनसमेत कर्णालीबाटै गर्न सकिन्छ ।
सिंजा उपत्यका नेपालकै एक ऐतिहासिक र महत्त्वपूर्ण पर्यटकीय स्थल हो । सिंजा सभ्यता नेपाली भाषाको उद्गमस्थल र सिंजा राज्यले समेत परिचित क्षेत्र हो । बाइसे र चौबिसे राज्यको समयमा सिंजा एक बलियो राज्यका रूपमा रहेको थियो । सदरमुकाम खलङ्गादेखि करिब दुई घण्टाको यात्रा पश्चात सिञ्जा क्षेत्र पुग्न सकिन्छ ।
आजभन्दा ३४६० वर्षअघि अर्थात् इशापूर्व १४४५ मा राजा जालन्दरले सिंजा राज्य स्थापना गरेका थिए । राजा जालन्दरले शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’बाट जोडेर सिंजा नाम रहन गएको जनश्रुति भेटिन्छ ।
जालन्दरकी रानी वृन्दाले बास गरेको भनी सिंजामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ । ‘पुराणहरूमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको पाइन्छ, ‘यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा बिन्नैनी उच्चारण गरिन्छ ।’
खस राजा नागराजले र उनका उत्तराधिकारीले सिंजा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए । खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुईपटक भन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास छ ।
संरक्षणको अभावमा जुम्ला सिंजा उपत्यकामा रहेको खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्रको संरक्षण हुन नसक्दा इतिहासका कतिपय तथ्यहरू धरापमा पर्ने अवस्था उत्पन्न भएको छ। उचित संरक्षण र उत्खनन्को अभावमा इतिहास नै नरहने अवस्थामा पुगेको हो।
जुम्लाको सिंजा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ। त्यसैले नेपाली समाजमा सिंजा सभ्यताको छुट्टै र विशिष्ट महत्त्व छ तर अहिले त्यही उपत्यकाको अस्तित्व र महत्त्व संकटमा परेको छ।
सिंजा उपत्यकामा रहेका पूर्वप्राचीनकालमा बनाइएका धार्मिक मठ, मन्दिर, गुफा, देवल, सिउ बाघ, चालचलन, रीतिरिवाजलगायत अहिले संरक्षणको अभावमा ध्वस्त हुँदै गइरहेको स्थानीय पवित्रकुमार शाहीले बताए। ‘नेपाली समाजमा सिंजा सभ्यताको छुट्टै र विशिष्ट महत्त्व छ’, उनले भने, ‘पर्यटकीय क्षेत्रहरू अहिले संरक्षणको अभावमा ध्वस्त हुँदै गइरहेका छन्।
हेर्नुहोस भिडियो कथा