दशैंको शुभकामना भित्र लुकेको राजनीतिक चाहना, काठमाडौं १ मा खुले उप्रेती

काठमाडौं । बडादशैको प्रारम्भसंगै दशै, तिहार, छठ र नेपाल सम्वतको अवसरमा देशभर शुभकामना आदानप्रदानका कार्यक्रम पनि सुरु भएकाछन् । राजनीतिक दल लगायत बिभिन्न संघ संस्था र नागरिक अगुवाहरुले चियापान लगायतका कार्यक्रम गर्दै आपसी सद्भाव र शुभकामना आदानप्रदान मात्र होइन राजनीतिक दाउपेचसमेत सुरु गरेकाछन् ।

दलका नेताहरूले मोबाइलबाट एसएमएस पठाएर शुभकामना दिइरहेका छन् । सामाजिक सञ्जालमा शुभकामना दिनेमा दलका नेताहरू नै बढी देखिन्छन् ।

यो बाहृेक सार्वजनिक कार्यक्रम आयोजना गरेर शुभकामना र राजनीति एकसाथ बढाउनेहरु पनि प्रशस्त छन् ।

यो खेल सबैभन्दा बढी राजधानी कै मुटु मानिएको काठमाडौ क्षेत्र नम्बर १ मा सुरु भएको छ ।

काठमाडौं क्षेत्र नम्बर १ मा आगामी निर्वाचनमा चमत्कारिकरुपमा नयाँ नेतृत्व उदाउने संकेत देखिएको छ ।

काठमाडौं क्षेत्र नम्बर १ निवासी वरिष्ठ समाजसेवी शोभित उप्रेतीको सकृयताले उनी ०८४ को निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको देखिन्छ । हाल राप्रपा सह कोषाध्यक्ष रहेका उप्रेतीले यसअघि रविन्द्र मिश्रलाई सघाएपनि यसपटक भने उनी आफै तयारीमा जुटेकाछन् ।

उप्रेतीले आफू उम्मेदवार हुने संकेत असोज १७ गते घटस्थापनाको अवसर पारेर गरेकाछन ।

का.म.न.पा. १ नागरिक समाज, नेपाल साहित्यक पत्रकार संघ र एसएस फाउन्डेसनले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई समेत उपस्थित गराउँदै आफ्नो लोकप्रियता सिद्ध गरेकाछन् ।

कार्यक्रममा अध्यक्ष लिङदेनले नख्खु बाढीमा २ जनाको ज्यान बचाउने चणिकलाल तामाङलाई ५० हजार नगदसहित सम्मान गरेका थिए । लिङदेनले चणिकलालबाट सबैले प्रेरणाा लिनुपर्ने बताउँदै यस्तो अवसर जुटाएकोमा उप्रेती लगायतलाई धन्यवाद दिएका थिए ।