नेकपा (बहुमत) द्धारा भ्रष्टाचार विरुद्ध काठमाडौंमा जनप्रदर्शन

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भ्रष्टाचारको विरोधमा काठमाडौंमा आज जनप्रदर्शन गरेको छ ।

भ्रष्टाचार बिरुद्ध देशव्यापी जनप्रदर्शन गरिरहेको उक्त पार्टीले भ्रष्टाचारीको सम्पति राष्ट्रियकरण गर्न माग गर्दै बिहिवार काठमाडौंमा जनप्रदर्शन गरेको हो ।

कोेटेश्वरबाट सुरु भएको नारा जुलुस सहितको र्याली नयाँ बानेश्वर मिनभवन नजिक गएर कोण सभामा परिणत भएको थियो ।

उक्त कोष सभालाई नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’, नेता बाबुराम गजमेर, युवा नेता सरद रसाइली, विद्यार्थी नेता मिलन राई, युवा संगठनका नेता हरिष भट्ट, महिला नेतृ अन्जना तामाङ् लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

उक्त सभालाई सम्बोधन गर्ने वक्ताहरुले वर्तमान संविधान असफल भइसकेको भन्दै त्यसलाई खारेज गरिनुपर्ने बताएक थिए ।

त्यस्तै भ्रष्टाचारीको सम्पति राष्ट्रियकरण गर्न, राष्ट्र प्रमुख, प्रधानमन्त्री, मन्त्री र विशिष्ट व्यक्तिहरुको सम्पति छानबिन गर्न, स्वीटजरल्याण्ड र अन्य विदेशी बैंकमा राखिएको अवैध सम्पति राष्ट्रियकरण गर्न र बैंक, सहकारी र लघुवित्तीय ठगीका पीडितहरुको सम्पति फिर्ता गर्न माग समेत गरेका छन् ।