नेपालगन्जमा चार दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

नेपालगन्ज । बाँकेको नेपालगन्जमा ४ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । राजा खान नेपालगन्जको सहयोगमा नेपालगन्ज टेलिभिजन नेटवर्क प्रा. लिको आयोजनामा चार दिने नि:शुल्क आधारभूत पत्रकारिता तालिम सोमबार नेपालगन्जमा सम्पन्न भएको हो ।

यही भदौ २६ देखी २९ गतेसम्म चलेको तालिममा ३० जनाको सहभागीता रहेको थियो ।

उक्त आधारभुत पत्रकारिता तालिमको पहिलो दिन नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सचिव प्रभात चलाउने प्रमुख प्रशिक्षक रहेका थिए । भने टेलिभिजन प्रस्तोता भौतिक मल्ल, नेपाल टेलिभिजनका बरिष्ठ पत्रकार विजय बर्मा, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदी प्रशिक्षकका रुपमा रहेका छन् ।

तालिमको दोस्रो दिन भदौ २७ गते मिडिया कानुन तथा पत्रकार आचार संहिताको बारेमा टेलिभिजन प्रस्तोता भौतिक मल्लले तालिम दिएका थिए । त्यस्तै तालिमको तेसो दिन टेलिभिजन पत्रकारिताबारे नेपाल टेलिभिजनका वरिष्ठ टेलिभिजन पत्रकार बिजय बर्माले तालिम दिएका थिए ।

त्यसै गरि मोफसलको मिडिया र भुमिकाबारे नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीले तालिम दिएका थिए । र तालीमको अन्तिम दिन समाजिक संजाल र मिडियाबारे पत्रकार रामु ओलीले तालीम दिएका थिए ।

तालिम समापन समारोहलाई संबोधन गर्दै पुर्व खेलखुद मन्त्री तथा नेकपा (माओवादी केन्द्र) नेता महेश्वर गहतरजले पत्रकारको व्यवसायीक बिकासबाटै प्रेस स्वतनत्रताको रक्षा गर्न सकिने बताए । पत्रकारको क्षेमता अभिबृद्धिको लागी क्रियाशिल रहेको भन्दै उनले व्यवसायिक मुल्य मान्यता सहितको व्यवसायिक पत्रकारिताको बिकासमा जोड दिए ।

सिकेको कुरा ब्यबहारमा उतार्नु पर्छ , उनले भने ‘जानेको कुरा लेख्नै पर्छ तर पत्रकार तथ्य र सत्यको नजिक रहेर बिश्वशनिए पत्रकारिता गर्नु पर्छ ।’

‘अहिले न्यु मिडियाको प्रवेश संगै नागरिक पत्रकारिताको शुरुवात आएको छ,’उनले भने‘यस्तो बेला पत्रकारितालाई नै व्यवसाय बनाएकाहरुले आफ्नो व्यसायिक क्षेमता तिखारिएन भने पत्रकारितामा पेशामा नै टिक्न गर्हो छ।’

उनले तालिममा सहभागीहरुलाई सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गरे ।

त्यसैगरी नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाहले नेपालगन्ज निवासी हाल अमेरिकामा बसोबास गर्दै आएका राजा खान नेपालगन्ज ज्युको सहकार्यमा बाँके जिल्लामा बसोबास गर्दै आएका भाई बाहिनी विद्यार्थीहरुलाई नि:शुल्क आधारभुत पत्रकारिता तालिममा नेपालगन्ज टेलिभिजन संग सहकार्य गर्दै नि:शुल्क पत्रकारिता तालिम दिने वातावरण मिलाइदिएकोमा बिशेष धन्यवाद दिदै अझै यस्ता कार्यक्रमहरु गर्न सुझाव पनि दिएकी थिइन् ।

राजा खान नेपालगन्जको सहयोग र नेपालगन्ज टेलिभिजन नेट्वोर्कका अध्यक्ष इरफान अलिले नेपालगन्ज टेलिभिजनको टिमको तर्फबाट धन्यवाद दिदै पत्रकारिता तालिममा सम्पुर्ण प्रशिक्षार्थीहरुलाई उज्ज्वल भविस्यको कामना गर्दै कार्यक्रमलाई समापन गरेका थिए ।