गाउँपालिकाले शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्दै वाइसियल बाँकेको आपती

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकाको वार्ड नं ३ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा शिक्षक नियुक्तिको बिषयलाई लिएर वाइसियल बाँकेले आपती जनाएको छ । पालिकाले मर्यादीत ढंगले परिक्षा लिएर गर्नुपर्नेमा मनोमानी गरेको भन्दै आपती जनाएको हो ।

बिहिबार वाइसियल बाँके र अखिल क्रान्तिकारी जानकी गाउँपालिकाले एक बिज्ञप्ती जारी गर्दै वडा नं ३ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयले माग गरेको वाल विकाश महिला शिक्षकको २०८१ भाद्र २५ गते लिइएको परिक्षा पुर्णरुपमा मर्यादित नभएको बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्तीमा भनिएको छ नाताबाद, कृपावाद र व्यक्तिगत स्वार्थपूर्ण रहेको उक्त नियुक्ती हामी र हाम्रो संगठनलाई स्वीकार्य छैन । वाइसियले परिक्षाको बिषयलाई गम्भीर ध्यानाकर्षण भएको भन्दै जानकी गाउँपालिका अध्यक्ष अध्यक्ष छ्ब्बन खालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
तर गाउँपालिका अध्यक्ष खाले परिक्षा नियम पुर्वक भएको दाबी गरेका छन ।