बाँकेमा बझाङ्गी समाज गठन अध्यक्षमा पुरी

नेपालगन्ज, बाँके अस्थायी रूपमा बसोबास गर्दै आएका बझाङका बाँकेबासीहरूले बझाङी समाज गठन गरेका छन ।

शनिबार लामो समयदेखि बाँकेमा कर्म थलो बनाएर बस्दै आएका बझाङीहरूले सम्पर्क समन्वयका लागि बझाङी समाज बाँके गठन गरेका हुन ।

अस्थायी तथा स्थायी रूपमा विभिन्न कामकाजको सिलसिलामा बांके जिल्ला बसोबास गरि बस्दै आएका बझाङ्गीहरूले बिरेन्द्र भन्डारी (टाईगर)को अगुवाइमा भेला गरिएको हो  ।

उक्त भेलाबाट अध्यक्षमा नारद पुरीको अध्यक्षतामा  १५ जनाको समिति चयन गरिएको अगुवा बिरेन्द्र भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार उपाध्यक्ष उमा केसि, सचिब दिपक ब.  सिह, सह(सचिबमा बिनोद ब.खड्का चयन गरिएको छ

कार्यक्रम ६० भन्दा बढी बझाङ्गीहरूको सहभागीता रहेको थियोे ।