सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको दुर्घटनामा निधन

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटनामा निधन भएको छ ।

सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा सोमबार दुर्घटना भएको हो । उनको नेपालगञ्जमा उपचारका क्रममा आज बिहान २ बजे निधन भएको प्रहरीले जनाएको छ ।

उनी नेकपा माओवादी केन्द्रका तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए ।

मृतक कार्की कर्णाली प्रदेश सभा सदस्य जुम्कित लामा कार्कीका श्रीमान् हुन् । कार्की नेकपा (माओवादी केन्द्र) को प्रदेश समिति सचिवालय सदस्य रहेका थिए ।