बिस्तारित बैठकको संन्देश

पार्टीको एकता असफल भएको घोषणा गरेको केही दिन पछि नेपाल कम्युनिस्ट पार्टी (बहुमत )को चितवनमा प्रथम बिस्तारित बैठक यहीँ मिति २०८१ साउन ११ देखी १५ गते भित्र उत्साहको साथ सम्पन्न भयो । यो बैठकमा देशैभरिका नेतृत्व पंक्तिहरु सहभागी हुनको साथै सहभागी प्रत्येक नेतृत्वहरुले राजनीतिक वैचारिक, सांगठनिक र संघर्षको कोणबाट पार्टी एकता प्रक्रिया असफलता भएको अनभुति र समिक्षा गर्दै हरेक खालको मानसिक र शारीरिक पिडाले आएका नेतृत्वहरुले अबको पार्टीको कार्यदिशा बैज्ञानिक समाजवादी क्रान्तिको बाटो कसरी स्पष्ट बनाउने भन्ने उदेश्य सँगै सर्वहारावर्गको मुक्तिको सपनाले गर्दा नेतृत्वहरुको मनमा कोलाहल मच्चाइ राखेको थियो ।

पार्टी महासचिव क. कञ्चनले राजनीतिक प्रतिवेदन पेश गर्दै आफ्नो भनाई राख्दै प्रतिवेदनलाई समृद्धी बनाउनको लागी नौँ वटा समुहमा विभाजन गरेका थियौं । सम्पुर्ण समुहका नेतृत्वहरुले बहस छलफल गर्दै आ-आफ्नो निचोड निकाल्ने र नेतृत्व पंक्तिहरुले क्रान्तिको राजमार्ग खोज्ने दायित्वको साथ वैचारिक छलफल घनिभुत गरिरहेका थिए । अर्को कुरा त के भने विस्तारित बैठकमा हामिले तिन तहका उमेर समूह सहभागी गराएका थियौं । १८ देखि ३० बर्ष, ३० देखी ४५ बर्ष, ४५ देखी अशारे काका जो ८६ बर्ष सम्मका नेतृत्व पंक्ती हामी सहभागी थियौ । तर बृद्वभएका नेतृत्वले सुझबुझ पुर्ण सल्लाह दिने बयस्क भएका नेतृत्वले व्यवस्थित  योजनाको निमार्ण गर्ने र युवा नेतृत्वले ती योजनालाई जोस जाँगर सहित नयाँ क्रान्तिमा ढाल्नु पदर्छ भन्ने भाव बुझिन्थो । ती पार्टीका सबै योजना र कार्यक्रमलाई कार्यान्वयन गर्ने हो भने क्रान्तिको बिन्दु टाढा छैन भन्ने कुरा अनभुती भएको थियो ।

अनि सबै युवा नेतृत्वले पार्टी एकता देखी एकता प्रक्रिया असफल सम्मका गल्ती कमजोरीलाई साहसका साथ राम्रो सँग बहस छलफलमा ल्याउने काम भयो र नेतृत्वमा देखा पर्न गएका समस्याहरुलाई पनी ब्यवस्थित तरिकाले राख्ने काम भयो । यती सम्म युवाहरुले यो बिद्रोह किरणका बिरुद्ध मात्रै होइन यदी तपाईंहरुले पनि क्रान्ति नगर्ने हो भने तपाईंहरुका बिरुद्ध पनि बिद्रोह हो । तपाईहरुले कार्यदिशालाई व्यवस्थित नगर्दै एकता गर्नु भयो । राजनितीक बैचारिक रुपमा आफ्नो पंक्तिलाई स्पष्ट नगर्दै एकता गर्नु भयो । संगठनलाई व्यवस्थित गर्न नपाउदै एकता गर्नु भयो । नेतृत्व पंक्तिमा कार्यदिशा कार्यनीति र कार्यक्रम स्पष्ट नहुँदै र नबनाउँदै र केही नेतृत्वहरुमा एकता बिना बाच्न नसक्नु जस्तो व्यवहार गरि वैचारिक एकता नहुदै एकता गर्दा सिङ्गो क्रान्तिकारीहरुमा निराशा, पलायन जस्ता समस्याहरु आए भन्दै युवा नेतृत्वहरुले आफ्नो भनाई राख्नु भयो ।

परन्तु नेकपा (बहुमत) प्रथम बिस्तारित बैठक राजनीतिक प्रतिवेदनबाट नेपाली जनतामा समाजवादी राज्य व्यवस्थाको माग रहेको त्यो व्यवस्था केवल कम्युनिस्ट पार्टीको नेतृत्वमा स्थापना हुन सक्ने गहिरो बोध हुँदा हुँदै पनि सत्तामा रहेका संसदवादी कम्युनिस्ट सत्ता बाहिर रहेका समाजवादी क्रान्तिकारी कम्युनिस्टहरु प्रति जनताको भरोसा कमजोर बनेको अवस्था थियोे । यसरी भरोसा कमजोर हुनुको पहिलो कारण दुबै धारका कम्युनिस्टहरुमा निरन्तर फुट र बिभाजन हुने तर त्यसको कारण बारे जनतामा जानकारी नहुने र दोस्रो दुबैमा आर्थिक भ्रष्टाचार र त्यसले पैदा गरेको साँस्कृतिक पतन देखिने गरेको थियो । परिवर्तनकामी जनतामा रहेको यो विभ्रम हटाउन हामीले क्रान्तिकाहरु बिच पार्टी एकता गर्नु र कम्युनिस्ट आन्दोलनलाई केन्द्रीकरण गर्नु आवश्यकता मात्र नभएर क्रान्तिकारीहरुको बाध्यता ठानेका थियौँ । हाम्रो लागी त्यही वस्तुगत आवश्यकता र क्रान्तिकारी परिस्थितिको बाध्यताले क्रान्तिकारी कम्युनिस्टहरुका बिचमा एकताबद्व गर्दै अगाडी बढ्नु एक प्रकारको बाध्यता थियो ।

यो विश्लेषणको आधारमा हामीले नेकपा (क्रामा) संग एकता गरेका थियौ । परन्तु यो बिश्लेषणले क्रान्तिकारीहरुको भावनात्मक रुपले ठिकै हुन्छ तर क्रान्ति हुदैन । दर्शनका किताब पढेर दार्शनिक देख्नु पुराना पाका नेता हुने बितिकै क्रान्तिकारी हुन भन्नू जस्ता समस्याले नेपालको क्रान्तिकारी आन्दोलनले धोका खाएको छ । अर्को तिर क. किरण संगको एकताले क्रान्तिकारीहरुलाई घाम जस्तै छर्लङ्ग बनाएको छ । एकता पछिका समस्याहरु दार्शनिक रुपमा सारसंग्रहवाद र भडुवा विकाशवाद, राजनीतिक दृष्टिले छदम संशोधनवाद संगठनात्मक दृष्टिले गुटवाद, समूहवाद, कोठे बैठक, कार्यालय खोलेर रमाउने प्रबृत्ति, संघर्षको दृष्टिले आत्मासुक्षावाद तथा अकर्मण्यवाद र शुन्यवाद जस्ता गैरसर्वहारा प्रवृत्तिहरु देखापरे सास्कृतिक दृष्टिले समेत संकिर्णतावाादी पुरातनवादी जडसुत्रवादी धर्मभिरु माक्र्सवादी रुझान देखिनाले उहाँहरुको बिसर्जनवादी यात्रा नै थियो र हो । यो हाम्रो पार्टीको बिस्तारित बैठकबाट सश्लेषण गरेका छौ । तर पनी एउटै हुँदा हामीले यी समस्याबाट क्रान्तिकारीहरुले पार्टीलाई गतिमा लग्नको लागी हरेक खाले पहल कदमी लग्ने काम भएको थियो तर ती सबै खाले पहल कदमीले खासै काम गरेन बरु क्रान्तिकारीहरुले यी समस्याबाट मुक्ती पाउन अर्को यात्राको सुरुवात गर्नुपर्ने अवस्था आयो ।

परन्तु हामीले बैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने अठोट गर्नै पदर्छ त्यस कारण हामीले मालेमावादलाई सही तरिकाले बुझ्ने हाम्रो चेतनाको पुनर्गठन आवश्यक छ । आदतको सत्ता बाट मुक्त हुन आवस्यक छ । निम्न पुँजीवादी चेतनाबाट मुक्त हुन आवश्यक छ । बिज्ञान प्रबिधि क्रान्तिको हितमा प्रयोग गर्ने पार्टीका अनलाइन, मुखपत्र, प्रत्येक नेता कार्यकर्ताको लेखरचना, सिर्जना र युटुव मार्फत लैजाने र समाजमा भएका हरेक खाले समस्यहरुको साथमा रहँदै आजको बिज्ञान प्रविधिलाई क्रान्तिको साधन बनाउने तिर लाग्नुपर्ने छ र यसप्रकारको चेतनाको बिकास गर्न आवश्यक छ ।

हाम्रो पार्टीले विश्लेषण गरेको छ कि सांगठन, राजनीतिक, वैचारिक, आन्दोलन, चिन्तन प्रणाली, अध्ययन पद्धती सँगै क्रान्तिकारी संस्कृति र कार्यशैलीको क्षेत्रमा पुर्नगठनको साथसाथै आजको दर्शनको विकासको लागी खोज अनुसन्धान पनि जनताको बिचमा पुगि संघर्ष र वर्गसंघर्षको भट्टीबाट गर्ने छौँ । सर्वहारावर्गको मुक्तिलाई केन्द्रमा राख्दै गरिने यस प्रकारको पुर्नगठनले वैज्ञानिक समाजवादी क्रान्तिको मार्गलाई स्पष्ट गर्दै जाने छौं । अन्त्यमा सम्पुर्ण नेतृत्वहरुले नयाँ कार्यक्षेत्रको जिम्मेवारी लिंदै उत्साहको साथ क्रान्तिलाई संगठित गर्न र दलाल सत्ताको चिहानमा लाल झन्डा फहराउने संकल्प गर्दै बैज्ञानिक समाजवादी क्रान्ती जिन्दावादको नारा हलमा गुन्जयाउँदै बैठक सम्पन्न भयो । क्रमश..!

लेखक नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का युवा नेता हुनुहुन्छ ।