नुवाकोटमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो ।

दुर्घटनामा ४ जनाको मृत्यु भएको बताइएको छ । नुवाकोट जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेकको बताइएको छ ।