खेलाडी प्राथमिकतामा हुन पर्दछ : मन्त्री चौधरी

खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नु पर्ने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताउनुभएको छ । उपाध्यक्षको चार बर्षे पदावधि सकिएर विदा हुनु भएका शिव कोईरालालाई सम्मान गर्दै मन्त्री चौधरीले खेलकुदका योजना बनाउदा खेलाडीको सुविधलाई प्रहिलो प्राथमिकतामा राख्नु पर्ने बताउनुभएको हो । मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको बर्गीकरण गरिने पनि उल्लेख गर्नुभयो ।

खेलकुदका विकास र खेलाडीका पक्षमा आफुले अपृय निर्णय लिन पनि पछि नपर्ने मन्त्री चौधरीको भनाई छ । विदाई कार्यक्रममा शिव कोईरालाले परिषद्मा चार बर्ष उपाध्यक्षका रुपमा काम गर्दै धेरै सिकेको भन्दै अझै यस क्षेत्रमा सुधार गर्नु पर्ने धरै बिषय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदको विकासका लागि सम्पूर्ण पक्षको एकता आवश्यक हुने बताउनुभयो । खेलकुद विमालेख कार्यान्वयनमा ल्याईएको तथा कानूनी रुपममा नै खेलाडीको पुरस्कार सुनिश्चित गरिएको बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरु, विभागीय प्रमुख तथा कर्मचारीहरुको सहभागितामा कोईरालालाई सम्मान पत्र सहित बिदाई गरिएको थियो । कोईराला २००७७ साल साउन १२ गते चार बर्षका लागि परिषद्को उपाध्यक्ष पदमा नियुक्त हुनु भएको थियो ।